उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षति ३८ प्रतिशतले कम

  • सोमबार, ८ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो ।

 

आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएको थियो भने २४१ जना घाइते भएका थिए । आव २०७६/७७ मा भएको सवारी दुर्घटनामा १५२ ले ज्यान गुमाएका थिए भने ८५ जना घाइते भएका थिए । चालू आवको अहिलेसम्म भने सवारी साधन दुर्घटनाबाट ५० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष १० हजार सवारी साधन दुर्घटना भएकामा यो वर्षको अहिलेसम्म दुई हजार ६०० दुर्घटना भएको जनाइएको छ । 

 

हालै सरुवा हुनुभएका महाशाखाप्रमुख भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनमा विभिन्न कार्यक्रम अपनाइएको र सडक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले दुर्घटनामा कमी आएको जिकिर गर्नुभयो । यसका साथै कोभिड–१९ का कारण सवारी सञ्चालन नहुँदा पनि दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ । 

 

महाशाखाले दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसंँग निरन्तर समन्वय गरी नयाँ नयाँ योजना सञ्चालन गरेको आज जारी गरिएको एक सूचनामा जनाइएको छ । प्रविधिको प्रयोग गरिएको, तीव्र गति र लापरबाहीका साथ चलाउने, ओभरलोड बोक्ने, झल्लर र थप फोकस लाइट हाल्नेलाई कारबाही गरिएको, टिप्पर चलाउने समय निर्धारण गरिएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको उनको भनाइ छ ।  

 

महाशाखाले यो बीचमा ४१० वटा अनावश्यक झालर र स्टिकर हटाएको, सात हजार बढी सवारीको ढालाक पछाडि अनिवार्य नम्बर प्लेट राखिएको, ४३५ फोकस बत्ती हटाइएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा दुर्घटना हुने गरेकाले त्यसलाई समेत हटाएको प्रहरीले जनाएको छ । 

 

यस्तै कारबाही अभियानलाई समेत तीव्र पारिएको महाशाखाले जनाएको छ । उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यवस्थित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी नियम कार्यान्वयनतर्फ चार लाख ४२ हजार ४६६ वटा सवारी साधनलाई कारबाही गरी रु २८ करोड ७१ लख ७७ हजार जरिवाना गरी राजश्व सङ्कलन गरेको महाशाखाले जनाएको छ । 

 

ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न ‘हरेक दिन, एक अभियान’ तथा विशेष कारवाही अभियानमार्फत दैनिक सवारीको नम्बर प्लेट स्पष्ट नभएको र चर्को आवाज बनाई मोटरसाइकल चलाउनेलाई समेत कारबाही गरिएको छ । 

 

जथाभावी पार्किङ गर्ने, ढोका खुल्ला राख्ने, मोटरसाइकलको लुकिङ ग्लास ठीक अवस्थामा नराख्नेलाई समेत कारबाही गरिएको छ । यस्तै ठगी गर्ने आठ हजार ७०४ ट्याक्सी चालकलाई कारबाही गरी स्विप अपरेसनसमेत चलाएको महाशाखाले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी

  • 12 minutes ago
कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । भारतीय संचारमाध्यामहरु

संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

  • 24 minutes ago
संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

काठमाडौँ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सू

यसरी नेपालमा ल्याइयो कोरोना भ्याक्सिन

  • 43 minutes ago
यसरी नेपालमा ल्याइयो कोरोना भ्याक्सिन

काठमाडौँ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।