'अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दै छन्'

काभ्रेपलाञ्चोक । भदौ दोस्रोे सातादेखि कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय अब तङ्ग्रिएला भन्ने विश्वास बढेको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै यो महिनाको अन्त्यतिर दैनिक आन्तिरिक पर्यटकको आउजाउ पनि हुन थालेको छ । 

 

केही कार्यक्रमको लागि सोधनी र ‘बुकिङ्’ ले प्याकुरेलको उत्साह बढाएको छ । प्रक्षेपण गरिएको कोरोना तेस्रो लहर आउँला नआउँला तर, कोरोना सङ्क्रमण दर घट्दै गएकाले हाल धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । “अब व्यवसायले रुप फेर्ला भन्ने आशा जगाएको छ, कोरोना तेस्रो लहरको चिन्ता उत्तिकै त छ तर हाल होटल–पर्यटन सहज बन्दै गएको अनुभूति हुँदैछ”, प्याकुरेलले भने । कोरोनाका दुईवटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा व्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपणले उनीलगायत धुलिखेलका होटल व्यवसायीलाई लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन । 

 

गत चैतमा दोस्रो लहर सुरुसँगै होटल सारथीमा वैशाख अन्तिम सातासम्मका बुकिङ रद्ध भए । ५० बेड क्षमताको होटलमा वैशाख अन्तिमसम्म जेनतेन स्वास्थ्य मापदण्डअनुसार सेवा दिएपछि जेठ, असार र साउनमा होटेल ठप्पै रह्यो । कोभिड–१९ को दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्न थालेपछि होटल सारथीसँगै पर्यटकीय स्थल धुलिखेलका होटेल वैशाख अन्त्यसम्म गरिएका बुकिङ धमाधम रद्द गर्न बाध्य बनेका थिए । 

 

कोरोनाको जोखिमपछि पुनः बामे सर्दै गरेका होटेल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान)का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । “तत्कालै तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा थियौँ, व्यवसायी टाट पल्टने अवस्था आइसकेको थियो, अब सङ्क्रमण दर घटेपछि हामी होटेल–पर्यटन लयमा फर्कने भएपछि खुसी छौँ”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने, “दैनिक दुई सयको हाराहारिमा रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकोमा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झ¥यो ” । अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दै छन् । सो क्षेत्रका पर्यटन व्यवसायी अब विदेशी पर्यटकको पर्खाइमा छन् । 

 

धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनायो । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

 

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पूरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजको घोषणा गरेका थिए । “गतवर्ष पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनः थल्याइदियो, अब पुनः प्याकेज ल्याउनेबारे छलफलमै छौँ”, श्रेष्ठले भने । 

 

गतसाल कोरोना सङ्क्रमण दर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभास यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजू बताउँछन् । “दोस्रो लहरपछि पुनः हाल आन्तरिक पर्यटन बढ्दै गएको छ, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षामा छौँ”, उनले भने । उनको धुलिखेलस्थित होटल माउण्ट प्रिन्सेस्मा बिदामा र केही विवाहका साना कार्यक्रमसँगै हाल केही आवासीय कार्यक्रम आउन थालेको छ ।

 

पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकैको पर्यटकीयस्थल रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रम हुने गर्दछन् । सङ्घले यसअघि कोरोनाको जोखिम घट्दा पर्यटन प्रबद्र्धन गर्न ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो  । साथै, हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्धमूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । व्यवसायी पुनः प्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने सङ्घले जनाएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना

  • 5 minutes ago
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

  • 13 minutes ago
बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

खोटाङ । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

  • 20 minutes ago
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।