‘पर्यटन विकासका लागि सहकार्य गर्न तयार’
- शुक्रबार, ३० माघ, २०७७
- 2 weeks ago
- पर्यटन

पोखरा । सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायीको टोलीसँगको अन्तक्रियात्ममा यहाँका पर्यटन व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
कार्यक्रममा सुदूरपश्चिभ प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय एकाइका प्रमुख भोजराज पाठकले गण्डकी प्रदेश र अझ पोखरा पर्यटन क्षेत्रका लागि ‘आइडल’ भएकाले यस क्षेत्रबाट धेरै कुरा सिक्ने सकिने बताए । उनले कोभिड– १९ ले सुस्ताएको पर्यटनका लागि एक प्रदेशदेखि अर्को प्रदेशको भ्रमण गरेर आन्तरिक पर्यटनमार्फत चलायमान गराउन सकिने बताए ।
आन्तरिक पर्यटन पुनःरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड पछाडिको अवस्थालाई गति दिन आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्नुपर्ने बताए । उनले सुदूरपश्चिम सांस्कृतिक, प्राकृृतिक, राजनीतिकरुपले अगाडि भए पनि आर्थिक समृद्धि हासिल गर्न नसकेको उल्लेख गर्दै प्रचारप्रसारमा जोड दिएर पर्यटकीय गतिविधि बढाउनुपर्ने बताए । आर्कषक गन्तव्य प्याकेजमार्फत ल्याउन सके आगामी दिन आन्तरिक पर्यटकको गन्तव्यमा सुदूरपश्चिम हुनसक्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटनका लागि समसामियक विषयमा देखिएका समस्याको कारण खोजेर समाधानमा जुट्नुपर्ने बताए । उनले परम्परागत सोच र अवस्थाबाट अबको पर्यटनले गति लिन नसक्ने उल्लेख गर्दै नवीनतमा सोच र प्रविधिको विकाससँग अगाडि बढ्नुपर्ने धारणा राखे । सरकारका नीति पर्यटनमैत्री बनाएर पर्यटकका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल कोभिड–१९ का कारण धेरैले प्राकृतिक र शान्तस्थलको खोजीमा धेरै पर्यटक रहेको उल्लेख गर्दै सुदूरपश्चिम, गण्डकी प्रदेशमा त्यस्ता ठाउँ भएकाले प्याकेज बनाएर ल्याउन सके आगामी दिनमा पर्यटननको विकास हुने बताउनुभयो । नेपाल पर्यटन बार्ड गण्डकी प्रदेशका प्रबन्धक विमल कँडेलले कोभिड–१९ को चुनौतीलाई अवसरमा बदलेर लुकेर रहेका गन्तव्यको खोजीसहित यसको प्रवद्र्धन जोड दिन सके दीर्घकालीनरुपमा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पश्चिमाञ्चल होटल सङ्घमा अध्यक्ष विकल तुलाचन हवाई ‘कनेक्टिभिटी’लाई जोड दिनसके सुदूरपश्चिम र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा विकास हुने बताए । नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिमलाई प्रकृतिले सबै कुरा दिए पनि आर्थिक रुपान्तरणमा बदल्न नसकिएको बताउनुभयो ।सो अवसरमा उनले गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई सुन्दर सुदूरपश्चिम भ्रमणका लागि आउन आग्रह गरे।
नाट्टा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले ‘देव भूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाऊँ’ भन्ने नारासहित लुम्बिनी, गण्डकी कर्णाली प्रदेशलगायतका पर्यटन व्यवसायीसँग अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सात दिने समन्वयात्मक भ्रमण बर्दिया पुगेर समापन हुने उनको भनाइ छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं
- 5 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै
नख्खुमा जिपको ठक्करबाट किशोरीको मृत्यु
- 16 minutes ago

काठमाडौँ । ललितपुरको नख्खुमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । बुधबार बिहान ५ बजेतिर नख्खुदोबाटोमा बाटो काट्दै गर्दा जिपले ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल
२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स
- 21 minutes ago

एजेन्सी । सलमान खान स्टारर बहुप्रतिक्षित फिल्म राधेः योर मोस्ट वान्टेड भाईको वितरण, भिडियो स्ट्रीमिंग र म्युजिक राइट्स गरेर २३५ करोडमा बिक्रि भएको छ ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।