‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’
- मंगलबार, २९ साउन, २०७५
- 2 years ago
- नेपाल

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताए ।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति निर्माणमा जोड दिए । “शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना भएको छ,” उनले भने, “शिक्षा गरिखाने हुनुपर्छ, ठगी खाने होइन ।”
प्राविधिक शिक्षा नीति निर्माण (सिटिईभिटी) सुझाव सङ्कलन कार्यदलका सदस्य डा सुनिलबाबु श्रेष्ठले सरकार, नीजि क्षेत्र र सहकारी साझेदारीबाट जानसके मात्र विकास हुने बताए ।
उनले भने, “मुलुकमा अब जागिर दिने शिक्षाको आवश्यकता छ ।” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले पछिल्लो समयमा भनसुन गरेर मात्र परीक्षामा पास भइन्छ भन्ने डरलाग्दो परिपाटी बसेको बताए ।
शिक्षा समन्वय इकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति सङ्घले तयार गर्नुपर्नेमा जोड दिए । स्थानीय आवश्यकतालाई मध्यनजर गरी नीति तयार गर्न उनले सुझाव दिए । सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, उपसचिव भक्तबहादुर ढकाललगातले आफ्नो सुझाव दिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'
- 55 minutes ago

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल
- 58 minutes ago

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ
अदालतको अवहेलनासम्बन्धी चार मुद्दा दर्ता
- 1 hour ago

काठमाडौँ । सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेल
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।