पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना

Norvic Hospital
प्रतिकात्मक तस्बिर

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाले पर्यटन प्रर्वद्धन गर्न गुरुयोजना निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा पर्यटक भित्र्याइ आर्थिक गतिविधिमा तीव्रता दिनका लागि पर्यटकीय गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तयारी गरेको हो । पर्यटकीय गुरुयोजनामा शहीद पार्क निर्माण गर्ने, भ्यूटावर निर्माण, बुद्धको ठूलो मूर्ति स्थापना गर्ने, जनजाति होमस्टे स्थापना गर्ने र नगरपालिकाका १९ वटा ठाउँमा पिकनिक स्पट निर्माण गर्नेलगायत रहेका छन् । 

 

पर्यटकीय क्षेत्रका जाने सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने कार्यलाई समेत गुरुयोजनामा राखिएको छ । प्रस्तावित पर्यटकीय क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणसँगै होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने तालीमको व्यवस्था र क्षमता अभिवृद्धि गर्ने कार्यलाई समेत गुरुयोजनामा राखिएको छ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्रराज भट्टले भने, “पर्यटकीय गतिविधिमा तीव्रता ल्याई नगरपालिकालाई आर्थिकरुपमा सवल बनाउनकै लागि गुरुयोजना बनाइएको छ ।”

 

 नगरपालिकाको आन्तरिक स्रोतले पर्यटकीय गन्तव्यको कार्य अगाडी बढाउन नसकिने भएकाले आर्थिक स्रोत जुटाउनका लागि पहल भइरहेको नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले बताए । प्रदेश सरकार र सङ्घीय सरकारसँग आर्थिक स्रोतको व्यवस्थाका लागि आग्रह गरिएको उनले बताए । गुरुयोजनाअन्तर्गत निर्माण हुने संरचनाका लागि संस्कृति तथा पर्यटन मन्त्रालयले माग गरेअनुरुपको रु ६० लाखको प्रस्ताव पठाएका छौँ उनले भने, “प्रस्ताव स्वीकृत भएर आएपछि पहिचान गरिएका स्थानमा पर्यटकीय क्षेत्रका आवश्यक पूर्वाधार निर्माणका कार्य शुरु गरिने छन् ।”

 

नगरपालिकाले पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि नगरपालिकाको वडा नं ४ मा रु ५० लाखको लागतमा भ्यूटावर निर्माणका लागि योजना अघि सारेको छ । क्रमागत योजनाअन्तर्गत भ्यूटावर निर्माणको कार्य अगाडि बढाइने भएको छ । भ्यूटावर निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको दृश्यावलोकनका साथै भारतीय क्षेत्रको दृश्य अबलोकन गर्न पाउने नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष ज्ञानेन्द्रबहादुर बहेक क्षेत्रीले जानकारी दिए । यसैगरी नगरपालिकाले वडा नं ४ मा २० लाख बजेट विनियोजन गरी अतिथि गृहनिर्माणको कार्यलाई अगाडि बढाउनका लागि योजना बनाएको छ । नगरवासीको सहज आवतजावतमा सहजतासँगै पर्यटकीय गतिविधिलाई तीव्रता दिनका लागि नगरभित्रका सडक कालोपत्रे कार्यसँगै स्तरोन्नतिको कार्यलाई अगाडि बढाइएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हालाण्ड चम्किँदा डर्टमण्डको जित, शीर्ष स्थानमा उक्लियो

  • 2 minutes ago
हालाण्ड चम्किँदा डर्टमण्डको जित, शीर्ष स्थानमा उक्लियो

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा डर्टमण्डले जित निकालेको छ । गएराति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोलले पराजित गरेको हो ।

नेपालको सपना अधुरै रह्यो

  • 13 minutes ago
नेपालको सपना अधुरै रह्यो

काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु

  • 28 minutes ago
दुर्घटनामा दुई जनाको मृत्यु

हेटाौंडा । हेटौंडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा शनिबार दिउँसो करिब ३ः ३० बजे काठमाडौबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।