खोजी हुंदै बेलायतका १० चर्चित नेपाली

Norvic Hospital
  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 3 years ago
  • युके

 

लन्डन । बेलायतबाट सञ्चालित समाचार पोर्टल नेपाल ब्रिटेन डट कमले बेलायतका चर्चित १० नेपालीको नाम आगामी जुलाइमा घोषणा गर्ने भएको छ ।

 

नेपाल ब्रिटेन डट कम ११ औं वर्ष पुगेको अवसर पारेर चर्चित १० नेपालीको नाम घोषणा गरिन लागेको नेपाल ब्रिटेन डट कमका प्रधान सम्पादक चिरन शर्माले बताए । ‘विगतमाजस्तै यसपटक पनि बेलायतमा बसेर मातृभूमिप्रति समर्पित विभिन्न क्षेत्रलाई समेटेर चर्चित १० व्यक्तित्वको नाम घोषणा गर्ने तयारीमा छौं’, शर्माले भने ।

 

नेपाल ब्रिटेन डट कमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष बेलायतमा चर्चित १० नेपालीको नाम घोषणा गर्छ । उनीहरुलाई नेपाल ब्रिटेन डटकमले ‘मिडिया पर्सनालिटी अफ दि इयर’ को उपाधिले सम्मान गर्दै आएको छ ।

 

यसअघि अनलाइनले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै आफ्नो योगदानसहित नाम नोमिनेशन गर्न बेलायतवासी नेपालीलाई आग्रह गरेको छ ।  प्राप्त नोमिनेशन मध्येबाट १० जनालाई चयन गर्ने गरिन्छ ।

 

चर्चित १० जनाको चयन बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको सुझाव, पत्रपत्रिकामा प्रकाशित समाचार, नेपाल ब्रिटेन डट कमका पाठकबाट प्राप्त सुझावलाई प्रमुख आधार बनाएर गरने बताइएको छ ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।