श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...
- एजेन्सी
- मंगलबार, ९ असोज, २०७५
- 3 years ago
- विचित्र विश्व

नयाँ दिल्ली । श्रीमानबाट बेखुशी एक महिलाले भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छिन् ।
श्रीमानले चुम्बन गर्न खोज्दा आठ महिनाकी गर्भवती श्रीमतीले श्रीमानको जिब्रो टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ ।
समाचारमा जनाइए अनुसार उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो– लोग्नेको रुप । श्रीमतीका नजरमा उनी सुन्दर थिएनन्।
प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो । उनीहरूबीचको त्यसदिनको झगडा संझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए ।
तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनको बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन् । काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको छ ।
जिब्रोको शल्यक्रिया भएपनि उनी बोल्न सक्छन् वा सक्दैनन्, यसबारे चिकित्सकसँग पनि जवाफ छैन । किनभने घाउ निकै गम्भीर भएको छ र शल्यक्रियाका क्रममा उनको जिब्रो नै काट्नुपरेको छ ।
पीडितका बाबुले प्रहरीलाई खबर गरेपछि जिब्रो टोक्ने श्रीमती पक्राउ परेकी छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी
- 3 minutes ago

काठमाडौं । आज बस्ने संसद बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई संसदम
अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय
- 3 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।
युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता
- 16 minutes ago

लण्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलो
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।