टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन– विज्ञहरु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार मात्र  हस्ताक्षर गरेका थिए । त्यसको एकदिन पछि अमेरिकी विज्ञहरुबाट यो प्रतिक्रिया आएको सो समाचारमा उल्लेख छ ।

 

अमेरिकी सरकारले लगाएको यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो कुराको जानकारी गराएका हुन् ।

 

अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि भन्दै यो प्रतिबन्ध अघि सारेको बताइएको थियो । यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको कम्पनीका पनि सबै कारोबारमा नै प्रतिबन्ध लाग्ने बताइएको छ । 

 

यी एप्स्हरुले अमेरिकाको विदेश नीति, राष्ट्रिय सुरक्षा नीति र अमेरिकाको अर्थतन्त्रमा नै यी दुई कम्पनीका एप्सहरुले असर पार्न सक्ने देखेर यो प्रतिबन्ध लगाएको बताइएको थियो । 

 

यी एप्स्हरुले संकलन गरिरहेका तथ्यांकहरुले अमेरिका नागरिकहरुको गोपनीयताको हकको उल्लंघन भएको पाइएको पनि राष्ट्रपति ट्रम्पको आरोप छ । 

 

तर पनि अमेरिकाका साइबर क्राइम सम्बन्धका विज्ञहरुले यी एप्सहरुको प्रतिबन्धले अमेरिकाका नागरिकको तथ्यांक संकलनको काम रोक्न त्यति ठूलो सहयोग नपु¥याउने बताएका छन् । 

 

उनीहरुले अहिले अमेरिकीहरुले देखेको अमेरिकी साइबर सुरक्षाको खाँचोका लागि खासै ठूलो सहयोग नपु¥याउने बताएका छन् । बरु यो विच्याटमाथिको प्रतिबन्धले अमेरिकीहरुलाई सञ्चार गर्ने काममा असजिलो बनाएको बताएका छन् । 

 

उनीहरुले भनेका छन् कि यो प्रतिबन्धले अमेरिकाले भने जस्तो यहाँका नागरिकको गोपनीयताको हनन् हुने काममा त्यति धेरै रोक्नै सक्दैन बरु अमेरिकामा रहेका चिनियाँ नागरिकबीचको सम्पर्क गर्न र अमेरिकाले चीनसँग गर्ने व्यावसायिक कामका लागि सम्पर्क गर्ने काममा पनि अप्ठेरो बनाउने ती विज्ञहरुले जानकारी दिएका छन् । 

 

अमेरिकाको सरकारले यी एप्स्माथि प्रतिबन्ध लगाउने कामका लागि दिएको आदेशमा अमेरिकाको सुरक्षाका लागि टिकटकका सञ्चालकविरुद्ध आवश्यक कदम चाल्नु पर्ने भएकोले यो गरिएको बताएका छन् । 

 

बिहीबार प्रतिबन्ध लगाइएका दुवै एप्स् अमेरिकाका लागि आगामी दिनका लागि पनि खतरा रहेको राष्ट्र्पति ट्रम्पले आफ्नो यो कार्यकारी आदेशमा भनेका छन् । 

 

उता यी एप्स्का चीनका सञ्चालकहरुमाथि पनि उनीहरुको कारोबारमाथि प्रतिबन्ध लाग्ने भएकोले यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा पनि असर गर्न सक्ने बताइएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु

  • 3 seconds ago
नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका १ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि ग

गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

  • 7 minutes ago
गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

कास्की । गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

  • 12 minutes ago
रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

रौतहट । रौतहटमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् भने १ जना वेपत्ता भएका छन् । चन्द्रपुर नगरपालिका– ६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् । मंगलबार साँझ घास काट्न जंगल गएको ब



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।