टिकटक लगायत अन्य चिनियाँ एप्सहरु प्रतिबन्ध लगाउने सोचमा अमेरिका र अष्ट्रेलिया

एजेन्सी । भारत र चीनबीच राम्रो सम्बन्ध रहेको छैन । गलवान भ्यालीमा भएको घटनापछि चीन र भारतको सम्बन्धमा दरार पैदा भएको हो । पछिल्लो समय भारतले चीनसँग व्यापार युद्ध गरिरहेको छ ।

 

भारतले चीनका ५९ एप्सहरु बन्द गरेपछि यी दुई देशबीच थप तनाव सिर्जना भएको हो । उता भारतको पक्षमा रहेको अमेरिकाले पनि आफ्नो देशमा टिकटक लगायत अन्य चिनियाँ एप्सहरु बन्द गर्ने तयारी गरेको बताइएको छ ।

 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यसबारे जानकारी दिएका हुन् । सोमबार राति एक कार्यक्रमका माझ अमेरिकाले चिनियाँ एप्सहरु बन्द गर्ने सोचमा रहेको बताएका हुन् ।

 

त्यस्तै मिडिया रिपोर्टका अनुसार चिनियाँ एप्स प्रतिबन्ध गर्ने तयारीमा अष्ट्रेलिया पनि रहेको बताइएको छ । भारतमा मात्रै टिकटक व्याण्ड हुँदा चिनिया कम्पनीलाई ६ अर्ब डलर घाटा लागेको छ । यो क्रम जारी रहे थप नोक्सानी चिनियाँ कम्पनीले भोग्ने बताइएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 8 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 40 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 49 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।