ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

एजेन्सी । लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ । 

 

माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ । 

 

अमेरिकी सूचना चुहावटको आशंका जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकामा हुने व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न आदेश नै दिएका छन्  । उनले आगामी सेप्टेम्बर २० भित्र टिकटकले निर्णय नगरे अमेरिकामा प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर समेत गरेका छन् । 

 

टिकटक र ह्वाइट हाउसले यसबारेमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । टिकटक खरिदमा माइक्रोसफ्टसँग साझेदारी गर्न चाहेको वाल्मार्टले टिकटकमा लगानी गर्न अझै पनि आफूहरु उत्साहित रहेको जनाएको छ । वाल्मार्टले बाइटडान्स र अरु साझेदारसँग वार्ता गरिरहेको बताएको छ । 

 

टिकटकले अमेरिकी व्यवसायलाई अन्य विश्वबाट कसरी विस्थापित गर्ने भन्ने बारेमा अझै केही बताएको छैन । चिनियाँ बजारका लागि बाइटडान्सले टिकटकजस्तै डोइन नामको भिडियो–सेयरिङ एप्लीकेसन प्रयोगमा ल्याएको छ । 

 

बाइटडान्स र अमेरिकी कम्पनीबीच हुने किनबेचका सम्बन्धमा अमेरिकाको विदेशी लगानी समितिले मूल्याँकन गरेपछि मात्र अन्तिम टुंगो लाग्नेछ ।

 

टिकटकका अनुसार संयुक्तराज्य अमेरिकामा १० करोड र विश्वभर ७० करोड ग्राहक रहेका छन् । यस एप्लीकेसनको स्वामित्व चिनियाँ नागरिकमा रहेकाले पनि अमेरिकामा विशेष चासो दिइएको हो । ह्वाइट हाउसले टेलिकम कम्पनीहरु हुवावे र जेडटिई, विच्याट समेतका निकै लोकप्रिय एप्समाथि शृंखलाबद्ध प्रतिबन्धहरु घोषणा गरिरहेको छ । 

 

टिकटक खरिदमा अग्रपंक्तिमा देखिएको ओराकलले खासगरी डेटाबेस सफ्टवेयर निर्माण गर्दछ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

  • 4 hours ago
काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

  • 4 hours ago
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

  • 4 hours ago
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ४०,७७८ पुगेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।