बाघ संरक्षणका लागि चासो

  • आइतबार, १७ आषाढ, २०७५
  • 2 years ago
  • नेपाल

बर्दिया । बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो । 

 

निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ देशमा छ प्रजातिका बाघ पाइएकामा तीन प्रजातिका बाघ लोप भइसकेको बताए । 

 

आहाराको अभावले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षीय बाघ संरक्षण योजना बनाइएको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उनले जानकारी दिए । 

 

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य वन्यजन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताए । 

 

निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेका र वन्यजन्तुले क्षति गरेको अन्नबालीको पूर्ति गरिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताललगायतले माग गरे । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 4 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 12 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 19 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।