बिर्सेर पनि नगर्नुहोस् यी गल्ती, हुनसक्छ थाइराइडको समस्या

एजेन्सी । थाइराइड हाम्रो शरिरको एक प्रमुख इन्डोक्राइन ग्रन्थी हो जुन गलामा हुन्छ । यो तिल आकारको हुन्छ । भारतको अपालो अस्पतालका वरिष्ठ एन्डोक्राइनोलोजिस्ट डा सुबोध बांझलका अनुसार थाइराइडबाट रिलिज हुने हर्मोनबाट शरिरको मेटाबोलिजम रेट कन्ट्रोल हुन्छ ।

 

जब यी हर्मोनको ब्यालेन्स बिग्रन्ट तब हाम्रो शरिरिक क्रियाकलाप गडबड हुन थाल्छ ।

 

कति प्रकारको हुन्छ थाइराइड समस्या ?

 

थाइराइड समस्या मुख्य रुपमा दुई प्रकारका हुन्छन् । एउटा हाइपोथाइराडिज्म जसमा व्यक्तिको तौल अचानक बढ्न थाल्छ । अर्को हाइपरथाइराडिज्म, यसमा तौल तिब्र रुपमा घट्न थाल्छ ।

 

कस्ता गल्तीले हुनसक्छ थाइराइड समस्या ?

 

डा बांझलका अनुसार थाइराइड समस्या विभिन्न कारणसहित हुन्छ । खानपिन र जीवनशैलीका साथै वंशानुगत कारणले पनि व्यक्तिलाई थाइराइडको समस्या हुने गर्दछन् ।

 

यसका साथै हाम्रा विभिन्न गल्तीले थाइराइडको समस्या निम्त्याउने गर्दछ ।

 

धेरै तनाव लिँदा हुन्छ थाइराइडः

 

धेरै तनावले शरिरमा कार्टिसोल नामक हर्मोनको स्तर बढाउँछ । यसले थाइराइडको समस्या बढाउँछ ।

 

सुगर नियन्त्रण नगर्दाः

 

सुगर नियन्त्रण नगर्दा शरिरमा इन्सुलिन प्रतिरोध गर्ने क्षमतामा ह्रास आउँछ । यसले थाइराइड ग्रन्थीलाई हानी पुर्याउने गर्दछ ।

 

अनावश्यक औषधीको सेवनः

 

केही औषधीले थाइराइड ग्रन्थीलाई नोक्सान पुर्याउने गर्दछ । डाक्टरलाई नसोधी औषधी सेवन गर्दा पनि थाइराइडको समस्या हुनसक्छ ।

 

धेरै नुन र सी फूड खाँदाः

 

धेरै नुन र सी फूड खाँदा शरिरमा आयोडिनको मात्रा बढ्न सक्छ जसले हाइपोथाइरायडिज्म हुनसक्छ ।

 

धेरै डाइट सप्लिमेन्ट लिनुः

 

क्याल्सियम, आइरन, प्रोटिन र सोया सप्लिमेन्ट धेरै मात्रामा खाँदा शरिरमा थाइराइड हर्मोनको ब्यालेन्स बिग्रन सक्छ ।

 

प्रदुषणका कारणः

 

हावा र पानीमा हानिकारक रसायन हुनसक्छ । प्रदुषणका कारण पनि थाइराइडको समस्या निम्तिन सक्छ ।

 

धेरै चिया कफी, कोल्ड ड्रिङ्क्स पिउँदाः

 

धेरै चिया कफी र कोल्ड ड्रिङ्क्स पिउँदा यसमा पाइने क्याफिनले थाइराइड समस्या निम्त्याउन सक्छ ।

 

धेरै रक्सी पिउँदाः

 

धेरै रक्सी पिउँदा शरिरमा हानिकारक टक्सिन बढ्ने गर्दछ । यसले थाइराइड ग्रन्थीको क्रियाकलाप बिग्रन सक्छ ।

 

धेरै चिल्लो खानेकुराको सेवन गर्दाः

 

जंक फूड, वनस्पती घ्यू, धेरै चिल्लो खानेकुरा खाँदा शरिरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ । यसले थाइराइडको समस्या निम्तिने गर्दछ ।

 

रातो मासुको अत्यधिक सेवनः

 

यसमा धेरै स्याचुरेटेड फ्याट हुन्छ । यसले शरिरको हर्मोन्सको ब्यालेन्स बिगार्नसक्छ र थाइराइडको समस्या हुनसक्छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 6 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।