एक यस्ता चोर जसले राष्ट्रपति भवन नै बेचिदिए
- शनिबार, १९ साउन, २०७५
- 2 years ago
- विचित्र विश्व

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।
नब्बेको दशकमा एकपछि अर्को गर्दै ठगीको समाचारहरु बाहिर आउन थाले । यसको रहस्य बाहिर आएपछि नटवरलाल एकाएक चर्चीत बने ।
कानुनको नजरमा नटरवरलाल दोषी ठहरिए पनि उनी यसलाई समाज सेवा मान्थे ।
आफ्नो पुर्ण जीवनमा उनले करोडौँ रुपैयाँ ठगे । उनले मानिसहरुलाई झुट बोलेर पैसा लिने गर्थे । उनी भन्थे,‘मेरो कुरा विश्वास गरेर उनीहरु मलाई पैसा दिन्थे । यसमा मेरो के दोष ।’
नटवरलाले दाबी गर्दै भनेका थिए,‘यदी सरकारले अनुमति दिएमा ठगीकै भरमा म देशको विदेशी ऋण तिरिदिनेछु ।’
ठगीकै कारण उनी मोस्टवान्टेड सुचीमा रहेका उनले विभिन्न सरकारी अड्डा, कार्यालयलाई धेरैपटक बेचे ।
नटरवरलालको असली नाम मिथिलेस कुमार श्रीवास्तव थियो । उनी पेशाले एक वकिल थिए । मिडिया रिपोर्टका अनुसार उनको जन्म भारतको सिवान जिल्लामा भएको थियो । आज उक्त गाउँमा नटवरलाललाई दन्त कथामा मानिसहरु सम्झने गर्छन् । उनले भारतका कैयौ ऐतिहासिक धरोहरहरु बेचे । त्यो पनि धेरै पटक ।
नटरवरलालले तीनपटक ताजमहल, दुईपटक लाल किल्ला र एकपटक राष्ट्रपति भवन बेचे । यतिमात्र नभइ उनले एकपटक त भारतको संसद भवन पनि बेचिदिए । उनी भेष बदल्न माहिर थिए । उनले एक पटक राष्ट्रपति राजेन्द्र प्रसादको भर्जी हस्ताक्षर गरेर ठगी गरेका थिए । ‘नटवरलाल’ उनको १२ नाममध्येको एक नाम हो ।
भनिन्छ नटवरलालले धिरुभाइ अम्बानी, रतन टाटा, बिर्ला लगायत धेरै सरकारी अधिकारीहरुलाई समेत ठगेका थिए । नटवरलाल पक्राउ पनि परे । उनलाई ११३ वर्षको जेल सजाय पनि भयो । उनविरुद्ध आठ राज्यमा १०० भन्दा बढी मुद्धा दर्ता भएका थिए ।
उनी आफ्नो जीवनकालमा ९ पटकसम्म पक्राउ परे ।
तर, कुनै न कुनै उपाय लगाएर उनी प्रहरीको नियन्त्रणबाट उम्किन सफल रहे ।
अन्तिम पटक जब उनी प्रहरी नियन्त्रणबाट भागे तब उनको उमेर ८४ वर्षको थियो ।
२४ जुलाई १९९६ मा उनलाई कानपुर जेलबाट एम्स अस्पताल उपचारका लागि ल्याइएको थियो । नयाँ दिल्ली स्थिति रेल्वे स्टेशनमा प्रहरीलाई झुक्काएर उनी भाग्न सफल भएका थिए । यो घटना पश्चात उनलाई कसैले पनि देखेन । नटवरलालले मरेको नाटक गरेर मानिसलाई ठग्ने काम गरे ।
सन् २००९ मा उनको वकिलले नटवरलालविरुद्ध लगाइएका आरोपहरु खारेज गर्न याचिका दायर गरेका थिए । २५ जुलाई २००९ मा नटवरलाल मरिसकेको उनले दाबी गरेका थिए । तर, नटवरलालको भाइका अनुसार उनको मृत्यु १३ वर्ष अगाडि १९९६ मा भइसकेको थियो ।
उनको जीवनबाट प्रेरित रहेर बलिउडमा मिस्टर नटवरलाल फिल्म पनि बनेको थियो जुन सफल पनि रह्यो । पछिल्लो समय इमरान हास्मीको राजा नटवरलाल फिल्म पनि बनेको थियो । नटवरलालबारे दुई खाले विचारहरु छन् । उनी एक दयावान व्यक्ति भएको र समाजको सेवा गर्थे भन्ने एकथरीको भनाइ छ भने अर्काथरी उनी अपराधी भएको बताउँछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपाल समूहको प्रदर्शन र विरोध सभा (१२ फोटोमा)
- 7 minutes ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौँमा विरोध जुलुसपछि विरोध सभाको आयोजना गरेको छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस सभास्थल प्
ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल
- 25 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिकमात्र नभई संवैधानिक कू भएको आरोप लगाएका छन् । काठमाडौँ उपत्य
ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल
- 41 minutes ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्याउनको लागि आम नेपाली सडकमा उत्रिएको बताएका छन् । शुक्रबार
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।