मण्डला थिएटरमा अन्तर्राष्ट्रिय महोत्सवम भाग लिएको नाटक ‘उपियाँको निवन्ध’

काठमाडौं । हालसालै भारतको कोलकता अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी भएर आएको नाटक ‘उपियाँको निवन्ध’ मण्डला नाटकघर अनामनगरमा मञ्चन भइरहेछ । 

 

केदार श्रेष्ठको लेखन, परिकल्पना रहेको नाटक मंसिर २५ बाट मञ्चन भइरहेको हो । यसपटक सो नाटकले ४१ औं मञ्चनबाट मण्डलामा सुरु भएको नाटक पुस ३ सम्म हरेक दिन १२ बजे र ५ बजे मञ्चन हुनेछ । 

 

कोलकता महोत्सवसँगै राष्ट्रिय बालनाटक महोत्सव, बालनाटक मेला र दुई वर्षअद्दि थिएटर मलमा नियमित मञ्च गरी ४० पटक मञ्चन भएसकेको हो । 

 

स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपियाँको निबन्ध’ । नाटकलाई हाँस्य व्यङ्ग्य शैलीमा तयार पारिएको छ । 

 

परम्परागत शिक्षकको दवाव, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतुर्‍याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतुर्‍याईपछि शिक्षकको प्रतिक्रिया हो ।

 

कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ ।  गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्त्ुतिमा ढाल्दै नाटकले हसाउँछ तर हसाउँदा हसाउँदै र हाँस्दाहाँस्दै विषयको गम्भीरतामा सोच्न ढकढकाउँछ ।

 

दिनमा दुई शो भइरहेको नाटक दिउँसोको शोहरु स्कुलले बुकिङ गरिरहेको र बेलुकी ५ अन्य दर्शकको लागि नियमित मञ्चन भइरहेको छ । प्रेरणा विद्याश्रम हरिसिद्धिले थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको सहकार्यमा यस नाटक प्रस्तुत गरेको हो ।

 

नाटकमा प्रस्तुतकर्ता प्रेरणा विद्याश्रम हरिसिद्धि ललितपुरका विद्यार्थीहरु योगेश महर्जन, निर्देश केसी, आयुश महर्जन, एलेक्स महर्जन, दिया महर्जन, कीर्ति महर्जन, सर्जिला महर्जन, अदिन महर्जन, लुमन्ति महर्जन, जब्बु महर्जन, कृष्णा महर्जन, रोनिक महर्जन र जल्लु लिम्बुले अभिनय गरेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

  • 10 minutes ago
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।

'पेरिसडाँडामा राजेन्द्र महताेजी ने जायज सवाल पुछा- तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?'

  • 19 minutes ago
'पेरिसडाँडामा राजेन्द्र महताेजी ने जायज सवाल पुछा-  तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?'

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले एकपटक पुनः प्रचण्डप्रति कटाक्ष गरेका छन् । पछिल्लो समय उनले लगातार प्रचण्ड समुहको कटाक्ष गर्दै आइरहेका छन् । उनले फेसबुकमा कटाक

कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी

  • 29 minutes ago
कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी

सउल । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।