सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

म्याग्दी । ‘दुःख र पीडामा  मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।

 

बुधबार राससमा प्रकाशित ‘फरासिला बाजेको निरसिलो कथाः रोगले छोएन, दुःखले छोडेन’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएपछि बिहीबार बिहान वडा कार्यालयले थापाको घरमा नै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि प्रदान गरेको छ ।

 

स्वास्थ्यकर्मी खगराज निउरेले थापाको प्रेसर, धड्कन, तापक्रम, अक्सिजन आदिको जाँच गर्दै सबै अवस्था ठिक रहेको र आँखामा सामान्य इन्फेक्सन मात्र देखिएको बताउनुभयो । स्वास्थ्य जाँचपछि थापाले आफ्ना लागि अभिभावक र सन्तान दुवै सरकार नै भएको जनाउँदै सरकारले घरघरमा नै पुगेर औषधि उपचार र ज्येष्ठ नागरिक सुरक्षाभत्ता दिन थालेपछि आफूलाई जिउन निकै सजिलो भएको जनाए ।

 

देशविदेशमा रहेका उहाँका आफन्तहरुले पनि उनलाई कुनै कुराको कमी हुन नदिने र आवश्यक चिज उपलब्ध गराउने बताएका छन् ।  बिहीबार बिहान रासससहितका पत्रकार र स्वास्थ्यकर्मी थापाको घरमा पुग्दा थापाका दाइका छोरा दुर्गाबहादुर थापाले उनलाई आफ्नो घरमा आफैँसँग बस्न आग्रह गरेका थिए । 

 

श्रीमती खिरकुमारीसँग दाजुभाइको सामान्य छाप्रोमा बस्दै आएका थापा दम्पतीलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् । दाजुभाइका छोराहरुले समयसमयमा आवश्यक सोधपुछ गर्ने र परिआएको खण्डमा हेरविचार गर्ने गर्दछन् ।

 

सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न) । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीका सन्तान विवाह भएर गएकी एकमात्र छोरी छन्, ती पनि नबोल्ने (अपाङ्ता भएकी) छन् । बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हीराबहादुरले हेर्ने गर्छन् ।

 

बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षाभत्ताबाट नै आफ्नो आवश्यक चिज जुटाउँदै आएका छन् ।

 

“खान र लगाउनका लागि सरकारले पैसा दिन्छ, बिरामी पर्दा घरमा नै आएर उपचार गरिदिन थाल्यो, सरकारलाई धेरै धन्यवाद छ”, थापाले भने । ज्येष्ठ नागरिक समाजका सम्पत्ति भएका र उनीहरुको ज्ञान, अनुभव र जीवन भोगाइका घटनाले अहिलेको पुस्ता र भावी सन्ततिलाई मार्गनिर्देश गर्ने भएकाले ससम्मान आवश्यक सहयोग गर्ने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

 

बेनी नगरपालिकाले मङ्गलबारदेखि ७० वर्षभन्दामाथिका ज्येष्ट नागरिकको घरमा नै पुगेर स्वास्थ्य जाँच गराउने अभियान सुरु गरेपछि थापा जस्तै कैयौँ ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न पाएका छन् । विशेषगरी नसर्ने र नदेखिने रोगबाट ग्रस्त ज्येष्ठ नागरिकलाई यो अभियानले फाइदा पुग्ने स्वास्थ्यकर्मीको भनाइ छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

  • 2 minutes ago
सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 10 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 10 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।