यस्तो रह्यो महामारीमा अमेरिकाका नेपालीहरूको ‘थ्याङ्कस गिभिङ् डे’

डिसी महानगर क्षेत्र । कोरोनाभाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष पनि नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे’ मनाएका छन् । बिगत बर्ष झैँ हर्सौल्लास र मनोरञ्जन रुपमा मनाउन भने सकेनन् । तर पनि सीमित परिवार सदस्यहरुको जमघटमा धन्यवाद दिवस मनाएका छन  ।

 

अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक हुने हुनाले मनाउने क्रम अझ जारी छ । अमेरिकामा भेला नहुन,जमघट नहुन यत्र तत्र सर्वत्र आब्हान गरिएकोले ईतिहासमै पहिलो पटक कम संख्यामा भेला भई धन्यवाद दिवस मनाएका छन् ।

 

धेरै राज्य र सहरहरुमा परोक्ष (जुम) रुपमा समेत मनाएका छन् । अमेरिकामा एक राज्य र शहरबाट अर्को राज्य र सहर जाने क्रममा कमी भएको छ । तर, पनि आफन्त भेट्न र महत्वपूर्ण चाड भएकोले आवत जावत गर्ने क्रम पातलो रहन पुगेको छ ।

 

अमेरिकामा ईसाई पर्व (क्रिसमस)पछिको सर्वाधिक दोश्रो ठूलो पर्वका रुपमा मनाइने ‘धन्यवाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवार बीच आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरु खाएर धन्यवाद दिवस मनाएका छन् ।

 

‘धन्यवाद दिवस’ पर्वमा मुख्यरुपमा अमेरिकामा पाइने कालिज जस्तो ठूलो चरा टर्की अर्थात् पातालमयूरको मासुलाई विभिन्न तरीकाले बनाएर खाइन्छ भने साथमा अन्य परिकारका चिजहरु समेत व्यवस्था गरिन्छ ।

 

उक्त पर्वको अवसरमा परम्परा अनुसार व्हाइट हाउसमा राष्ट्रपतिको अगाडि जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ‘पार्डोनिंग’ अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर २४ का दिन अगाडि राखिएको थियो भने उनले क्षमायाचना दिएका थिए ।

 

सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ । यो ‘थ्याङ्कसगिभिङ् डे’ अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांश बिशेष गरि दोश्रो पुस्ताका किशोर किशोरी ,बालबालिका लगायत पहिला पुस्ताले पनि यसलाई आफ्नै चाड झैँ मनाउन थालिएको छ ।

 

यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन (परेड) पनि हुन्छ । तर यस बर्ष कोरोना महामारीको कारण सामाजिक दूरी र स्वास्थ्यका सबै सावधानी अपनाई प्रदर्शन पनि गरिएको छ । यस बर्ष अत्यधिक स्थानमा उक्त झाँकी प्रदर्शन स्थगित गरियो ।

 

‘थ्याङ्कसगिभिङ् डे’ इसाईहरुको एउटा प्रमुख चाड हो भने अमेरिकामा यो पर्व बढो धुमधाम र अझ उत्साहजनक रुपमा मनाइन्छ । यो पर्व संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

 

स्मरण रहोस, अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस को भोलिपल्ट शुक्रबार पर्छ र उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे ) भनिन्छ । उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ ।

 

इतिहासः धन्यबाद दिवसमा कसरी सार्वजनिक बिदा दिइएको हो ? 

 

तत्कालिन समयमा सराह हेल नाम गरेकी लेखिका तथा सम्पादकले राष्ट्रपति अब्राहम लिंकनलाई धन्यबाद दिवसको बारेमा लेखि यसलाई बार्षिक राष्ट्रिय बिदा दिनु पर्छ भनेर उत्प्रेरणा गरेकी थिइन् । त्यसैले अमेरिकामा धन्यवाद दिवसमा सराह हेललाई सबैले सम्झन्छन् ।

 

१८६३ मा हेलले ३५ बर्षसम्म उनले गरेको याचिका र अभिव्यक्तिको कारण राष्ट्रपति लिंकन सोच्न बाध्य भए । अन्तत्वगत्वा सोही बर्ष लिङ्कनले राष्ट्रिय सार्वजनिक बिदाको घोषणा गरेका थिए ।

 

वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे ।

 

फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको मानिन्छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'

  • 1 minute ago
'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ

नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने

  • 13 minutes ago
नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्

मेलम्ची परीक्षणः सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

  • 18 minutes ago
मेलम्ची परीक्षणः सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।