गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

Norvic Hospital

बैंकक । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । 

 

थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको बुधबारका विश्वका अखबारमा पनि प्रमुख समाचार बनेको छ । 

 

तीन दिन लगाएर १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा निकै ठूलो खुशी साटेका छन् । 

 

फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक व्यापक वर्षापछि आएको बाढीका कारण अठार दिनदेखि गुफामा फसेका थिए । 

 

थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मङ्गलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीहरुले खुशियाली साटासाट गरेका थिए । 

 

उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो । आइतबार गोताखोरहरुले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए । 

 

त्यस्तै सोमबार चार र मङ्गलबार पाँचजनाको उद्धार गरिएको हो । मङ्गलबार निकै ठूलो वर्षा भएको थियो । वर्षाका कारण उक्त गुफामा पसेको बाढीको बहाव झनै बढेको थियो । 

 

जसका कारण गुफामा बाँकी रहेका पाँच जनालाई बाहिर निकाल्न नसकिने त होइन भन्ने त्रास पनि बढेको थियो । तर पनि अपरान्ह्सम्ममा उद्धारको काम सम्भव भएपछि भने देशैभरि हर्ष छाएको थियो । 

 

ती सबैजना अर्थात् १२ जना बालक र उनीहरुका एकजना प्रशिक्षकलाई अस्पतालमा राखिएको छ । लामो समयदेखि गुफामा रहदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन् । 

 

उनीहरुलाई हेर्न आफन्तहरु अस्पताल पुगेका थिए । त्यस्तै थाइल्याण्डका प्रधानमन्त्रीले पनि अस्पतालमै पुगेर सबै १३ जनालाई भेट्नुभएको बताइएको छ । 

 

यसैबीच बुधबार प्राप्त समाचारमा उनीहरुको उद्धारका कारण देशैभरि खुशियाली छाएको छ । ती बालकहरुको विद्यालयमा बुधबार शिक्षक र विद्यार्थीहरुले एक कार्यक्रम गरेर खुशी मनाएका बताइएको छ । 

 

त्यसैगरी उनीहरुका गाउँमा आफन्तहरुले पनि खुशियाली मनाएका बताइएको छ । सामाजिक सञ्जालहरुमा देशैभरिका नागरिकले उद्धारमा खट्ने थाइ सैनिक तथा विदेशी विज्ञ र गोताखोरहरुलाई विशेष धन्यवाद दिएका छन् । 

 

थाइल्याण्ड सरकारले पनि उद्धारको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने सबैजना सदस्यलाई विशेष धन्यवाद ज्ञापन गरेको बताइएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 13 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

  • 23 minutes ago
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उनी आइतबार डिस

मलेसियामा एक नेपालीको मृत्यु

  • 30 minutes ago
मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।