इडलीबको भविश्यबारे तेहरानमा शिखर बैठक

सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविश्य सुरक्षित गर्ने उद्देश्यले इरानको राजधानी तेहरानमा शुक्रबार शिखर बैठक शुरु हुदैछ । 

 

उक्त शिखर बैठक इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुबीच हुने बताइएको छ । यस बैठकका लागि ती नेताहरुले सहमति जनाइसकेका छ र उनीहरु शुक्रबार तेहरान पुग्दैछन् । 

 

यस शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका बिद्रोही र उनीहरुको कब्जामा रहेका सिरियाका अरु सर्वसाधारण नागरिकको बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने बुझिएको छ । 

 

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरुको नियन्त्रणमा रहेका रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ । 

 

इरानी राष्ट्रपति हसन रौहानीले उनका टर्कीस् समकक्षी रिसेप तैयप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार तेहरानमा स्वागत गर्दै छन् । उनीहरुको बैठक शुक्रबार अपरान्ह् शुरु हुदैछ । 

उक्त शहरमा बिहीबार पनि सरकारी सेनाले कैयौँ नागरिकलाई लखेटेको थियो । सरकारी सेनाले इडलिबको छेउछाउबाट आक्रमण थालेको छ । त्यस क्रममा हिजो ती नागरिक भागेका बताइएको छ । 

 

रुसको सहयोगमा सिरियाली सेनाले इडलीबमा आक्रमण गर्ने बताउँदै आएको छ । उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ । यसै समयमा यो शिखर बैठक बस्न लागेको छ । 

 

सिरियामा गएको करिब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सन् २०१५ देखि त उनीहरुले उक्त शहर कब्जा नै गरेका थिए । 

 

इडलीबमा अहिलेकै अवस्थामा आक्रमण हुदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसंघ लगायतका संघ संस्थाहरुले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन् । 

 

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रही आएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रुस र इरानको समर्थन छ । त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ । 

 

सन् २०१५ मा कब्जा गरिएको इडलीब र त्यस वरपरका इलाकामा मात्र करिब ३० लाख मानिस बस्छन् । तीमध्ये आधाजति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन् । 

 

विगतमा टर्की सरकारले सहायता दिएकोले यहाँ विद्रोहीको सङ्ख्या बढेको बताइएको छ । इडलीबको सीमा टर्कीसँग जोडिएको छ । त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकी समेत स्थापना गरेको छ । 

 

सिरियामा गृहयुद्ध जारी छ । सातवर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म ३ लाख ५० हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 5 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 5 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।