प्राकृतिक चिकित्सालयका नामले चर्चित तातोपानी कुण्डमा भीड

Norvic Hospital

बेनी । प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो । 

 

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर तातोपानी कुण्ड खुला गर्न अनुमति दिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गरेको हो । 

 

 पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाएर कुण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल सुरु भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । समितिका सचिव केसीका अनुसार कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामी कुण्डमा नुहाएर रोग निको गराउन आउने गरेका छन्  । कोभिडविरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको छ ।

 

केही दिनयता बिरामीको चाप बढ्दै गएपछि कुण्डमा प्रवेश गर्दा अनिवार्यरुपमा माक्स लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भीडभाड गर्न नहुने नियमलाई कडाइका साथ कार्यान्वयन गरिएको केसीको भनाइ छ । अहिले कुण्डमा आउने बिरामीलाई आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए । 

 

अहिले विशेष गरी म्याग्दी र छिमेकी जिल्लाका बिरामी उपचारका लागि यहाँ आएका छन् । टाढाटाढाका बिरामी नआएका भए पनि सङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरामी बढ्ने आकलनका साथ समितिले व्यवस्थापन तथा स्वास्थ्य सावधानीका उपायबारेमा सतर्कता अपनाएको व्यवस्थापन समितिले जनाएको छ ।

 

पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । विरेनुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पाइन्छ । त्यस्तो पानी पिउँदै तातोपानी कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास गरिन्छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गर्ने बार्सिलोनाको सपना !

  • 7 minutes ago
प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गर्ने बार्सिलोनाको सपना !

एजेन्सी । बार्सिलोनाले बितेको केही वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकिरहेको छैन । यस सिजन बार्सिलोनाको खेलबाट फ्यानहरु उत्तिकै निराश रहेका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोना नयाँ प्रशिक्षक निय

महेश मान्जेकरले जिते क्यान्सर

  • 8 minutes ago
महेश मान्जेकरले जिते क्यान्सर

एजेन्सी । चर्चित अभिनेता एवं फिल्म निर्माता तथा निर्देशक महेश मान्जेकर क्यान्सरमुक्त भएका छन् ।

सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

  • 12 minutes ago
सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिका– ७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको बुधबार मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ख ७७



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।