यस्ता छन् तरुल खाँदा हुने फाइदा

काठमाडौँ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने नेपाली परम्परा छ । कोही स्वादको लागि तरुल खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । 

 

जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो । कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । यसका केही फाइदाहरु यसप्रकार छन् ।

 

 छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो हुन्छ ।

 

यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।

 

तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।

 

यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

 

तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।

 

यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

  • 4 minutes ago
निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

काठमाडौँ । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान र व्

थप ११५८ जनामा कोरोना संक्रमण

  • 11 minutes ago
थप ११५८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ३ जनामा गरिएको परीक्षणमा ११५८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १२ जनाको मृत्यु

  • 13 minutes ago
कोरोनाका कारण थप १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म नेपालमा ११११५ जनाको मृत्यु भएको छ ।



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।