तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

Norvic Hospital

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् । 

 

सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले  पुरानो महिला मामिला भवनमा सद्गुण प्रवर्द्धन र उपाचार रोकथामका लागि मन्त्रालयका लागि चिन्ह खडा गरेको देखिएको अफगानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

 

आफ्नो जागिर गुमाएको भन्दै मन्त्रालयका महिला कामदारहरुले भवन बाहिर विरोध प्रदर्शन गरिरहेका केही तस्बीरहरू गत २४ घण्टामा ट्वीटरमा पोष्ट गरिएका छन् । तालिबान अधिकारीसँग यस सम्बन्धमा मागिएको प्रतिक्रियामा कसैले पनि तत्काल यस मामिलामा टिप्पणी गर्न चाहेनन् । 

 

तालिवानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाएपनि महिलाहरूलाई काममा फर्कन अनुमति दिएका छैनन् र विश्वविद्यालयमा लगाउन सक्ने पहिरनबारे नियमहरू लागू गरेका छन् ।

 

दुई हप्ताअघि घोषणा गरिएको एउटा नयाँ तालिबान सरकारमा महिलाको हितको प्रतिनिधित्व गर्ने कुनै महिला सदस्य समेत सहभागी गराइएको छैन । 

 

महिलाहरूले विगत २० वर्षमा आधारभूत अधिकारको लागि लडेका छन् र केही अधिकार स्थापित गर्न सफल भएका छन् यद्यपि उनीहरू विधायक, न्यायाधीश, पाइलट र प्रहरी अधिकृतका लागि योग्य मानिएका छैनन् । 

 

दुई दशकको द्वन्द्वमा तालिवान विद्रोहीका कारण उनीहरूको प्रभाब क्षेत्रमा हजारौ नारीहरूले आफ्ना पतिलाई गुमाए । धेरै महिलाहरू विधवा भएका छन् र कतिपय अवस्थामा उनीहरूले अबैध व्यक्तिलाई आफ्नो पति सरह सेवा गर्नु परेको छ । 

 

अगस्त १५ मा सत्तामा फर्केदेखि तालिबानले महिलाका अधिकारहरूको सम्मान गर्ने कुनै पनि झुकाब देखाएका छैनन् ।

 

दबाब दिँदा महिलाहरुलाई आफ्नै सुरक्षाका लागि घरमै बस्न भनिएको तर उचित कानूनी व्यवस्थापछि  काम गर्न दिइने तालिवान अधिकारीहरूको भनाइ छ ।

 

सन् १९९६ देखि २००१ सम्म तालिबानको पहिलो शासनको दौडान महिलाहरूलाई धेरै हदसम्म सार्वजनिक जीवनबाट बहिष्कृत गरिएको थियो जसमा पुरुष नातेदारको साथमा नभएसम्म उनीहरूलाई आफ्नो घर छोड्न प्रतिबन्ध लगाइएको थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 22 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 27 minutes ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 46 minutes ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।