ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ । मुगल बादशाह शाहजाहले  आफ्नी बेगम मुमताज  महलको  यादमा ताज महलको निर्माण गरेका थिए । मुमताजको वास्तविक नाम अर्जुमन्ड बानु बेगम थियो । 

 

शाहजाहले उनलाई प्रेमपूर्वक मुमताजमहल भन्ने गर्दथे । यस महलको अनमोल रत्नको रुपमा रहेकी मुमताज ३८ वर्षीकी उमेर आफ्नो १४ औं सन्तान जन्माउने क्रममा मृत्युवरण गर्न पुगिन् । आफूले अत्यधिक माया गर्ने बेगमको निधनपछि  बादशाहलाई एकदमै पीडा भयो । यस घटनाले उनको जीवन समाप्त भएजस्तै भयो । अन्ततः शाहजाहले उनको सम्झनामा ताज महल बनाउने निर्णय गरे ।

 

 

मुम्ताजको मृत्यु भएपछि उनको मृत्यु भएको स्थान मध्य प्रदेशको बरहानपुरमा थिइन् । सोही बरहानपुरमा मुम्ताजको शवलाई गाडिएको थियो । त्यसपछि शाहजाहले ताजको निर्माण प्रकृया शुरु गरेका थिए । त्यसपछि उक्त शवलाई ताज महल बनिरहेको क्षेत्र नजिकैको एक बगैंचामा गाडिएको थियो । ताज मललाई बनाउनको लागि २२ वर्ष लागेको थियो । त्यतिबेलासम्म मुम्ताजको शव बगैंचामा नै गाडिएको थियो । त्यसपछि शवको अवशेषलाई ताज महलको मुख्य गुम्बजको मुनी  समाधिस्त गरियो । 

 

जब शाहजाहलाई आफ्नै छोराले कैद बनायो तब उनलाई अन्तिम इच्छा सोधियो । मुम्ताजले आफूलाई सँधै ताज महल देखिने ठाउँमा कैद गर्न भनेपछि छोराले बुबाको इच्छा पूरा गरिदिएका थिए । कैदमा रहँदा उनी सँधै ताजलाई हेर्ने गर्थे । कैदी अवस्थामै उनले अन्तिम श्वास लिएपछि उनको शवलाई पनि मुम्ताजकै समाधि नजिक लगेर समाधिस्त गरियो ।

 

एक थकित र हारेका बादशाहलाई मुम्ताजप्रतिको प्रेमले अमर बनाइदियो । उनले बनाएको मायाको चिनो हेर्नको लागि आज विश्वभरीबाट लाखौं प्रेमजोडी ताजमहल पुग्ने गर्दछन् । 

 

एक तथ्यांकका अनुसार सन् २०१४ मा करिब ८० लाख पर्यटकले ताज महलको भ्रमण गरेका थिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 2 hours ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।