तालिबानले युद्धविराम लम्ब्याउन मानेनन्

काबुल । अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन नमानेको जनाइएको छ । 

 

उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । उनीहरुको युद्धविरामको समय आइतबार मध्यरातिसम्म रहेकोमा उनीहरुले उक्त समय लम्ब्याउन भने मानेनन् । 

 

अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका छन् । 

 

उनले यो समय बढाएर मङ्गलबारसम्म पु¥याएका हुन् । यसैमार्फत उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह पनि गरेका थिए । 

 

तर तालिबानले भने सरकारको यो आह्वानको बेवास्ता गरेका छन् । उनीहरुको संगठनको आधिकारिक वेभसाइटमा तालिबानका तर्फबाट भनी राखिएको प्रेस विज्ञप्तिमा युद्धविरामको समय नलम्ब्याइएको बताइएको छ । 

 

मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन सरकारले युद्धविराम घोषणा गरेको थियो । त्यसपछि उनीहरुलाई पनि युद्धविरामको घोषणा गर्न दवाव परेको थियो । 

 

तर अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो । यसअघि उनीहरुले यस पर्वमा कहिल्यै युद्धविराम गरेका थिएनन् । 

 

यसैविच अफगान सरकारले युद्धविरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन् । साथै उनले तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए । 

 

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ । 

 

तर उनको सो आग्रह तालिबानहरुले भने नसुनेझैँ गरेका छन् । राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न महासचिव गुथ्रेसले दुवै पक्षलाई आग्रह पनि गरेका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

  • 3 minutes ago
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

  • 13 minutes ago
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा

ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने

  • 14 minutes ago
ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको बारेमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । बिहीबार पनि नक्सालस्थित मेरियट होटेल



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।