टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ।

 

मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन गर्ने जनाएको छ।

 

बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन्।

 

यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन्।

 

अध्यक्षका प्रत्यासी  बाँस्तोलाले टान अध्यक्षसहित पादाधिकारी र सदस्य पदको निर्वाचनका लागि समयमै उम्मेदवारी मनोनयन गरिएको जानकारी दिए। त्यसैगरी सापकोटा प्यानलले पनि केहीबेरमै उम्मेदावरी दर्ता गराउने तयारी गरेको जनाइएको छ।

 

टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुई सय ५० मतदाता पुुगेका हुुन्। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। उम्मेदवारको प्रथम चरणको नामावली साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ। साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको नामउपर दाबी–विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ।

     

अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र निकट व्यवसायी सापकोटा र स्वतन्त्र उम्मेदवारका रूपमा भण्डारीको प्रतिस्पर्धा हुनेछ। टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 10 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 10 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 10 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।