यी हुन् बलिउड अभिनेत्री सुष्मिताको १० पूर्व प्रेमी
- मंगलबार, २९ साउन, २०७५
- 2 years ago
- कला र मनोरञ्जन

एजेन्सी । मिस युनिभर्सको ताज लगाएपछि बलिउड क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुस्मिता सेन उमेरले ४२ वर्षकी भइन् । उनले केही सफल र केही असफल चलचित्र अभिनय गरेकी छन् । बलिउड उनका लागि खासै लाभदायक सिद्ध हुन सकेन ।
तर पनि उनी हमेसा चर्चामा रहन भने सफल भइन् । उनको चर्चाको विषय हमेसा ब्वाइफ्रेन्डसँगको ब्रेकअप बन्यो । अभिनेत्री सुष्मिताले अहिलेसम्म १० जानासँग डेट गरेकी छन् । उनका पूर्व प्रेमीहरुको बारेमा हामीले जानकारी प्रदान गरेका छौं ।
रितिक भसिन
४ वर्षयता सुष्मिता र रितिक भसिनको नाम जोडिएर मिडियामा आउने गरेको छ । रितिक एक रेस्टुरेन्टका मालिक हुन् । उनी अहिले सुष्मिताको निकै नजिक रहेका छन् । केही समय अगाडिदेखि दुवैका बीच ठिकठाक नचलेको बताइएको छ । यी दुवैले ६ महिनायता एक अर्कोसँग भेट गरेका छैनन् । दुवैको ब्रेकअपको खबर पनि आएको छ । रितिक–सुष्मिताको दसौँ ब्वाइफ्रेन्ड थिए ।
विक्रम भट्ट
सुष्मिता सेनको नाम चर्चित चलचित्र निर्देशक विक्रम भट्टसँग पनि जोडिएको थियो । एक समय यी दुवै एकअर्कोको निकै नजिक मानिन्थे । विक्रम विवाहित भए पनि सुष्मितासँग रहन तयार थिए । यी दुवै चलचित्र दस्तकबाट नजिकिएका थिए । तर केही समयपछि यी दुवैको बीचमा दूरी पैदा भयो ।
रणदीप हुड्डा
सुष्मिता रणदीप हुड्डासँगको पनि अफेयरमा थिइन् । यी दुवै एकसाथ बस्न थालेको समाचार पनि आएको थियो । रणदीप सुष्मिताभन्दा मात्र एक वर्षले सानो थिए । यी दुवै कपलका रूपमा कैयाँै पार्टीमा समेत देखिएका थिए । यी दुवै एक अर्कोको प्रेममा पागल छन् भनेर समाचार पनि बनेको थियो । विवाहको कुरा हुँदाहुँदै यी दुवैले एक अर्कोसँग दूरी बनाए ।
वसिम अकरम
२०१३ मा सुष्मिता र वसिम अकरम एकअर्काका नजिक थिए । यी दुवैको विवाहको समाचार पनि बाहिर आएको थियो । बसिम चर्चित पाकिस्तानी क्रिकेटर थिए । यी दुवैले एकसाथ लामो समय पनि बिताए । तर अचानक यी दुवै अलग भएको समाचार बाहिर आयो ।
मुद्स्सर अजिज
चलचित्र निर्देशक मुदस्सर अजितका साथ पनि सुष्मिताको नाम जोडिएको थियो । अजित सुष्मिताको छोरीहरूसँग पनि निकै मिल्थे । तर पनि सुष्मिताले उनीसँग विवाह नगर्ने फैसला गरिन् । केही समयको अफियर पछि सुष्मिताले मुदस्सरलाई छोडी दिइन् ।
इम्तियाज खत्री र मानव मेमन
बिजनेसम्यान इम्तियाज खत्री र चलचित्र निर्माता मानव मेमनका साथ पनि सुष्मिताको अफेयर रहेको थियो । यी दुवैसँग उनले जीवनका केही समय बिताइन् । इम्तियाजसँग सुष्मिताको रिलेसन धेरै समय टिकेन । मानवका लागि उनी सिरियस थिइन् । तर पनि मानवसँग उनको ब्रेकअफ भयो ।
संजय नारङ्ग र सब्बिर भाटिया
सुष्मिताको ब्वाइफ्रेन्डको लिस्टमा दुई बिजनेस म्यान पनि अटाएका छन् । ती हुन् संजय नारङ्ग र सब्बिर भाटिया । उनले यी दुवैसँग डेट गरिन् । तर विवाह भने गरिनन् । विवाहको कुरा चल्ने वित्तिकै उनी संजयसँग अलग भइन् । शब्बिर भने सुष्मिताका दिवाना थिए । उनले एक हिराको औँठी समेत गिफ्ट दिएका थिए । तर पनि विवाह हुन सकेन ।
वन्टी सचदेवा
अहिले सोनाक्षी सिन्हाका ब्वाइफ्रेन्डका रूपमा चिनिएका बन्टी सचदेव केही पहिले सुष्मिताका लागि पागल थिए । बन्टीले कयौं अभिनेत्रीसँग डेट गरे । तर कोहीका लागि उनी सिरियस देखिएनन् । सुष्मितासँगको रिलेसनको समयमा उनी दिया मिर्जासँगको पनि डेटमा थिए । सुष्मिताले यो थाहा पाएपछि बन्टीसँगको रिलेसन तोडेकी थिइन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
- 6 minutes ago

काठमाडौँ । प्रहरीले ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका– २ ठुलोभर्याङस्थित एनआइसी एशिया बैंकको एटिएम फोरेर रकम चोरी गर्न लागेको अवस्थामा एक
पोखरामा थप ९ जनामा कोरोना संक्रमण
- 13 minutes ago

कास्की । पोखरामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा नयाँ ट्वीस्ट, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जनाले हस्ताक्षर फिर्ता लिने
- 24 minutes ago

विराटनगर । प्रदेश १ मा नयाँ ट्वीस्ट देखिएको छ । केही दिन अगाडि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसद हस्ताक्षर फिर्ता लिने भएका छन् ।
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।