बायर्नलाई फेरि अर्को सफलता, उचाल्यो सुपर कप

  • शुक्रबार, ९ असोज, २०७७
  • 4 months ago
  • खेल

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युइएफए सुपर कपको उपाधि जितको छ ।

 

गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले स्पेनिस क्लब सेभियालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो । सुपर कपका लागि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच खेल हुने गर्दछ ।

 

जसअनुसार गएराति हंगेरिस्थित पुस्कास एरिना स्टेडियममा सुपर कपको खेल भएको थियो । खेलको १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

 

यता खेलको ३४ औं मिनेटमा बायर्नका लिओन गोरेट्ज्काले गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित ९० मिनेटसम्म पनि खेल बराबरीमा भएपछि खेल थप अतिरिक्त समयमा धकेलिएको थियो ।

 

जसमा १०४ औं मिनेटमा जाभी मार्टिनेजले गोल गर्दै बार्यनलाई उपाधि दिलाए । बायर्नल योसँगै ठूला ४ (क्वाड्रपल) उपाधि जितेको छ । यसका साथै कोरोना महामारीपछि पहिलो पटक १५ हजार दर्शकको उपस्थितीमा खेल सम्पन्न भएको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सोमबार ४ हजार ८५८ स्वाबको परीक्षण

  • 19 minutes ago
सोमबार ४ हजार ८५८ स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ८५८ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पोखरामा थप १० जनामा कोरोना संक्रमण

  • 21 minutes ago
पोखरामा थप १० जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप १० जना कोरोना संक्रमितको मृत्यु

  • 25 minutes ago
थप १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।