मधुमेह हुनबाट जोगिन यसो गर्नुहोस्

सांकेतिक तस्बिर

एजेन्सी । सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थको अधिक सेवनले पनि मधुमेह हुने र भइसकेकालाई बढ्ने भएकाले यसको प्रयोगमा निषेध ल्याउन जरुरी छ ।

 

मधुमेहका लागि सन्तुलित भोजन गरौँ । प्राकृतिक रेसायुक्त भोजन गराैँ । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने । भोकै नबस्ने, दैनिक चारपटक खाने, तर थोरै–थोरै ।

 

सकभर मासु नखाएको राम्रो । खानै परे रातो मासु नखाने, त्यसको सट्टा सेतो मासु अर्थात् कुखुरा र माछा मात्र खाने । माछामासुभन्दा रेसायुक्त सागसब्जी खानु राम्रो । त्यस्तै चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।

 

मधुमेहका लागि तौल नियन्त्रणमा राख्नु महत्त्वपूर्ण उपाय हो । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना हुन्छ । तौल आफ्नो उचाइअनुसार हुनुपर्छ । आफ्नो उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यतिबराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी हुनुहुँदैन ।

 

गर्भावस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खुवाऔँ । तर, फेरि गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले सन्तुलित रूपमा रहौँ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 6 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।