चार वर्षसम्म बलात्कृत एक युवतीको कथा

मेक्सिकोमा अपराधका घटनाहरु धेरै हुने गर्छन् । मानव तस्करीका लागि समेत मेक्सिकोको अपराधिक संगठनहरु विश्वभर फैलिएको एक अध्ययनले देखाएको छ । मेक्सिको सरकारले अपराधिक संगठनलाई तह लगाउन नसक्दा यस्ता अपराधिक घटनाहरु धेरै हुने गरेको हो । 

 

एउटी युवतीले मेक्सिकोमा आफुमाथि हिंसाबारे बोलेकी छिन् । सिएनएनसँग बोल्ने क्रममा उनले यस्तो राज खोलेकी हुन् । कार्ला जासिन्टोलाई लाग्छ उनी ४३ हजार २ सय पटक बलात्कार भएकी छिन् । उनी भन्छिन्,‘प्रत्येक दिन ३० जना मानिसहरुले ४ वर्षसम्म मलाई बलात्कार गरे ।’

 

१२ वर्षीकी हुदाँ एकजना मानिसले ललाईफकाई गर्ने गरेको उनले बताइन् । उनी भन्छिन्,‘एकजनामा मानिस थियो । उसले मलाई गिफ्ट, पैसा, कारहरु दिनेगथ्र्यो ।’

 

उसको प्रलोभनमा परेपछि उनी मेक्सिको सहर टलाक्सकलामा उसँगै गइन् । ‘त्यहाँ वेश्वावृतिका लागि काम गर्ने विभिन्न महिलाहरु लगिने ठाउँ रहेछ । बेश्यावृतिका लागि बाध्य पारी धन्दा गराउने काम त्यहाँ हुनेगर्छ’, उनले बताइन् । 

 

तीन महिनासम्म उनी उक्त मानवतस्करसँग उक्त ठाउँमा बसिइन् । त्यसपछि उनलाई उक्त व्यक्तिले गुएडालाजारा, मेक्सिकोको ठुलो सहरमा लिएर गएको थियो । त्यसपछि उनीलाई बेश्याबृति गर्न बाध्य बनाइयो । 

 

उनी भन्छिन्,‘म विहान १० बजेबाट सुरु गर्थे र मध्येराति सकिन्थ्यो । केही मानिसहरु म रोएको देखेर हास्ने गर्थे । उनीहरु मेरो शरिरमाथि चढ्थे । म आखाँ चिम्लिएर बस्ने गर्थे । उनीहरुले गरेका हर्कतहरु मलाई महसुस हुनै छोडेको थियो ।’

 

उनलाई वेश्यावृतिमा लगाउन बाध्य बनाएका ती मानवतस्कर व्यक्तिले नराम्रोसँग कुटपिट गरेको उनले बताइन् । उनको घाटीमा लिपिस्टिको दाग देखेपछि उसले कुट्न सुरु गरेको थियो । 

 

उनी भन्छिन्,‘मलाई चेनले पिटेको थियो । मुक्कानै मुक्काले हान्यो । लात्ताले हान्यो । मेरो कपाल टान्दै मलाई घसिटेर यताउता गरेको थियो । मेरो मुखमा बारम्बार थुक्यो । मलाई आइरनले समेत पोल्दिएको थियो ।’

 

प्रहरीहरुले समेत असहयोग गरे । नंग अवस्थामा रहेको बेलामा १० वर्षे बालिकाको भिडियो बनाउने काम उनीहरुले गरे । अन्तर्राष्ट्रिय संस्था माइग्रेसनका अनुसार मेक्सिकोमा प्रत्येक वर्ष २० हजारको संख्यामा मानवतस्करी हुने बताएको छ । 

 

अमेरिकामा पनि प्रत्येक १० जनामा ५ जना मोस्ट वान्टेड मानव तस्करहरु टेनासिन्गोबाट रहेका छन् । त्यहाँको जनसँख्या ११ हजार रहेको छ । 

 

जासिन्टोलाई सन् २००६ मा उद्धार गरिएको थियो । उनको उमेर हाल २३ वर्ष रहेको छ । अब उनी मानव तस्कर विरोधी अभियानमा काम गर्दै आइरहेकी छिन् ।  

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।