डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत, स्थानीयबासीको संघर्ष जारी
- सोमबार, २३ भदौ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

नसाउ, बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीयबासीहरु भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन सङ्घर्षरत रहेका छन् ।
समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य रहेको छ ।
बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका थिए ।
डोरियनका कारण अमेरिकाको पूर्वी तटीय इलाकासहित हाल यो पूर्वी क्यानडामा केन्द्रित भएको छ । यहाँ पनि आँधीले ठूलै क्षति गरेको छ ।
बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४४ पुगेको पुष्टि गरेका छन् ।
यसअघि यस आँधीको प्रकोपबाट ३० जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको थियो । यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
महिला साफ यू–२० टोली बंगलादेश प्रस्थान
- 3 minutes ago

बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यू–२० टोली बंगलादेशतर्फ प्रस्थान गरेको छ । फेब्रुअरी ३ देखि ९ सम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रत
भारतमा आगलागीमा परी १४ जनाको मृत्यु
- 18 minutes ago

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन
- 31 minutes ago

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।