श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् । 

 

पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका चन् ।  उनले  थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताए छन् ।

 

पर्यटन श्रीलङ्काको विदेशी मुद्रा  आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो।    तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक सङ्कटका कारणले  पर्यटन व्यवसायमा झड्का लागेको छ । 

 

श्रीलङ्कामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ ।  श्रीलङ्काको छिमेकी   देश माल्दिभ्सले विगत महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलङ्कामा  भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • 1 minute ago
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

  • 32 minutes ago
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

  • 46 minutes ago
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनले पोखरामा मङ्गलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।