सिर्जनशिल आमा समूह यूकेद्वारा मृगौला पीडितलाई सहयोग
- बिहीबार, ६ फागुन, २०७७
- 1 week ago
- युके

लण्डन । बेलायतस्थित सिर्जनशिल आमा समूह यूकेले दुवै मृगौला फेल भइ उपचार गराइहेका एक व्यक्तिलाई सहयोग गरेको छ । नेपालको पर्वतका दुवै मृगौला फेल भइ उपचाररत तालबीर विकलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
पर्वत जिल्ला महाशिला– १ अर्गाउदी निवासी विकलाई समाजका सचिव मिलन सुनारले एक कार्यक्रमको आयोजना गरी दुई लाख नगद हस्तान्तरण गरेका हुन् । विकको पोखरास्थित चरक हस्पिटलमा उपचार भइरहेको छ ।
उपचारको लागि अर्थिक अभावको भएकोले जीवनरक्षाको निम्ती परिवारले सहयोगको अपिल गरेका थिए । उपचार गर्न आर्थिक अभावको कारण छट्पटिरहेका तालबीरको तस्बिर फेसबूक मार्फत सार्वजनिक भएको थियो । उक्त तस्वीर सार्वजनिक भएसँगै सिर्जनशिल आमा समूह यूकेकी अध्यक्ष जानकी सुनार र आमा समुहको टीमले आर्थिक सहयोगको पहल गरेको थियो ।
स्वदेश नेपाल मात्र नभएर बेलायतमा पनि विभिन्न सामाजिक काममा अग्रसर रहेको यस समाजले आगामी दिनमा पनि यसप्रकारका मानविय सहयोगहरु गरिरहने अध्यक्ष सुनारले बताएकी छिन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते
- 19 minutes ago

धादिङवेशी । धादिङको गल्छिमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गल्छी गाउँपालिका– ७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका हुन् ।
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम
- 36 minutes ago

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत ज
'कि लाखु मास, कि हामीलाई नाश'
- 40 minutes ago

तनहुँ । “कि लाखु मास, कि हामीलाई नाश”, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चुया विसौनाकी ज्येष्ठ नागरिक देउमाया भुजेलले भन्नुभएको यो उक्ति झट्ट सुन्दा अप्रिय लागे पनि यस भनाइमा बाँदरले सताएका धेरै पीडा र
पर्यटन
परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
कस्ती युवतीसँग विवाह गर्ने ?

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।