रुसी कोरोना खोप ‘स्पुतनिक भी’को परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । 

 

यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

यो परीक्षण दोस्रो चरणको हुने छ । उक्त स्पतनिक भी नामको रुसले निर्माण गरेको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र त्यसपछि यसको अर्को अर्थात् तेस्रो चरणको परीक्षण गरिने बताइएको हो ।

 

भारतको ठूलो फर्मास्युटिकल कम्पनी डा।रेड्डीज ल्याबरेटोरिजले भारतमा सो खोपको परीक्षण गर्न पाउने गरी गत हप्तामात्र अनुमति पाएको बताइएको थियो । सोही अनुरुप तयारी भएको हो ।  

 

तर त्यो परीक्षणको समयको समयको बारेमा भने अहिले नै निश्चित भएको छैन । अधिकारीहरुले उक्त परीक्षण भारतमा चाँडै नै हुने बताएका छन् । 

 

भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने बताइएको छ । भारतमा सो खोपको परीक्षण गर्न अनुमति पाएको डा।रेड्डीज ल्याबरेटोरिजले बताएअनुसार यहाँ अबका केही दिनमा एक सय जनामा यो दोस्रो चरणको परीक्षण गरिने छ । े

 

त्यस्तै अर्को अर्थात् तेस्रो चरणको परीक्षण भने एक हजार ४०० जनामा गरिने पनि बताइएको छ । यसको दोस्रो चरणको परीक्षण पछि विज्ञहरुले यसको असर र प्रभावकारिताको विश्लेषण गर्नेछन् । 

 

त्यसपछि मात्र तेस्रो चरणको परीक्षण गरिने सो कम्पनीले जानकारी दिएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 10 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 10 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 10 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।