एसपीपीमा आबद्ध नहुने भन्दै नेपालले अमेरिकालाई निर्णय पठायो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने भन्दै नेपालले अमेरिकालाई निर्णय पठाएको छ। गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो।

 

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले भने, ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदन प्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो। त्यसपछि मन्त्रिपरिषदले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्‍यो। त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं।’ 

 

असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो। सोही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने निर्णयको जानकारी गराउने निर्णय पनि गरेको थियो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तनहुँमा सामूहिक रक्षाबन्धन

  • 6 minutes ago
तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

  • 7 minutes ago
प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौँ। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह–सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

  • 12 minutes ago
माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

काठमाडौँ। माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।