कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण, सभामुख घर्तीले २ सातामा जिते कोरोना

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि शुक्रबार कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो । 

 

प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो । 

 

यसक्रममा सभामुख घर्ती, उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेशसभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई सङ्क्रमण देखिएको थियो ।

 

सङ्क्रमितमध्ये उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी पनि कोरोनामुक्त भएका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 6 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 6 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 6 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।