पेनाल्टीमा स्पेनलाई पराजित गर्दै आयोजक राष्ट्र रसिया विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । पेनाल्टीमा स्पेनलाई हराउँदै विश्वकपको आयोजक राष्ट्र रसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लुज्निकी रंगशालमा सम्पन्न खेलको नियमित समयमा दुवै पक्षबाट १–१ गोल मात्रै भएको कारणले गर्दा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टीमा स्पेन ४–३ गोलले पराजित भएको हो । टाइब्नेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासले भने गर्न सकेनन्।
रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे। टाइब्रेकरमा स्पेनको तेस्रो र पाँचौं प्रहार गोल हुन सकेन। रुसका भने सबै चार प्रहार गोल भएपछि अन्तिम प्रहार गर्नुअघि नै विजेता बनेको हो।
रुसका गोलरक्षक इगोर अकिनफिभले खेलभर शानदार प्रदर्शन गरे। उनले निर्धारित तथा अतिरिक्त समयमा आधा दर्जनभन्दा बढी आक्रमण बचाएका थिए ।
यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १द्द१ गोल भएपछि ३० मिनेट थपिएको थियो। आत्माघाति गोलमा पछि परेको रुस पेनाल्टी पाएपछि खेल १–१ गोलको बराबरीमा ल्याएको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेप्सेमा उच्च अंकको वृद्धि
- 6 minutes ago
काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु
- 23 minutes ago

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन
- 34 minutes ago

जेरुसेलम। इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो। चार वर्षभन्दा
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।