अभिनेता महेश बाबुलाई सुनिल सेट्टीले दिए यस्तो जबाफ
- बिहीबार, २९ बैशाख, २०७९
- 1 month ago
- कला र मनोरञ्जन

एजेन्सी । पछिल्ला केही दिनदेखि दक्षिण भारतीय फिल्म र बलिउडबीचको बहस चलिरहेको छ । यसअघि अजय देवगन र किच्चा सुदीपबीच सामाजिक सञ्जालमा बहस भएको थियो । त्यसपछि साउथ स्टार महेश बाबुले हिन्दी फिल्म र बलिउडलाई लिएर बयान दिएका थिए । हिन्दी फिल्ममा काम गरेर आफ्नो समय खेर फाल्न नचाहेको र बलिउडले आफुलाई अफोर्ड गर्न नसक्ने उनले बताएका थिए ।
महेश बाबुको उक्त भनाइपछि सामाजिक सञ्जालमा फेरि बहस सुरु भएको छ । बलिउडका केही धेरै सेलिब्रेटीले प्रतिक्रिया दिएका छन् । अभिनेता सुनील शेट्टीले समेत महेश बाबुको भनाइको जबाफ दिएका छन् ।
अशेट्टीले आजतकलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ बलिउड भर्सेस दक्षिण फिल्म उद्योगको दृश्य सामाजिक सञ्जालमा बनाइएको छ । सबै भारतीयहरू हुन् र यदि हामीले डिजिटल प्लेटफर्ममा हेर्यौं भने, केवल सामग्रीको महत्त्व हुन्छ, भाषा होइन। सत्य यो हो कि दर्शकले के हेर्ने वा नहेर्ने निर्णय गर्छन्।
दर्शकले कन्टेट मन पराउने र सोही अनुरुप सफलता प्राप्त गर्ने उनको जिकिर रहेको छ ।
उनले अगाडि भनेका छन्, 'म पनि दक्षिणबाटै हो । तर, मेरो कर्म भुमि मुम्बई हो । केन्द्रमा रहेको यो बलिउड सबैभन्दा माथि रहेको मलाई लाग्छ । अरु सदस्य हुन् ।'
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला
- 24 minutes ago

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- 1 hour ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।