परिस्थिति सामान्य बन्दैछः दक्षिण अफ्रिका सरकार

एजेन्सी । दक्षिण अफ्रिकामा केही दिनयता देखि मच्चिएको हिंसा र लुटपाटपछि केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको यहाँका एक मन्त्रीले बताउनुभएको छ । ती मन्त्रीका अनुसार यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले सामान्य अवस्था देखिएको छ र यस्ता हिंसाका घटना भएका छैनन् ।

 

मन्त्री खुम्बुजो एनटिसाभेनीले मंगलबार त्यस्तो लुटपाट हुन नपाएको बताउनु भएको हो । दक्षिण अफ्रिकाका दुई ओटा प्रान्तमा केही दिनयतादेखि हिंसा मच्चिएको छ । ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो ।मन्त्री खुम्बुजोले गएको २४ घन्टा यता ती दुई प्रान्त काजुलु र गुतेनमा त्यस्तो कुनै हिंसा नभएको मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

दक्षिण अफ्रिकामा त्यहाँका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ । त्यस क्रममा त्यहाँ हिंसा शुरु भएको हो ।अहिले भने यहाँको अवस्था सामान्यतर्फ फर्किँदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरु खुला भएका उनले जानकारी दिए ।

 

जुमाका समर्थकहरुले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 1 hour ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 1 hour ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 1 hour ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।