यसरी राजनीतिमा होमिन पुगिन् सोनिया गान्धी

एजेन्सी । भारतीय काँग्रेस पार्टीकी संंरक्षक सोनिया गान्धीको जन्म सन् १९४६ डिसेम्बर ९ मा भएको थियो । धेरैलाई लाग्न सक्ला उनको जन्म भारतमा भएको थियो । तर, उनको जन्म इटालीको भेनेटोमा रहेको लुसियानामा भएको हो । उनको असली नाम इडभिग एन्टोनिया अलबिना माइनो हो । उनको निक नेम भने सोनिया हो ।

 

उनको पिताको नाम स्टेफानो माइनो हो भने उनको आमाको नाम पाओलो माइनो हो । उनको भारतीय पुर्व प्रधानमन्त्री राजिब गान्धीसँग सन् १९६८ फ्रेबअरीमा भएको थियो । सन् १९९१ मा राजिव गान्धीको  हत्या भएको थियो ।

 

उनका दुई सन्तान राहुल गान्धी र प्रियंका गान्धी रहेका छन् । राहुल भारतीय काँग्रेस पार्टीकी अध्यक्ष हुन् भने प्रियंकाले भर्खर राजनीतिमा पाइला टेकेकी छिन् ।

 

इटालीको टुरिनमा रहेको क्याथोलिक स्कुलबाट उनले आफ्नो पढाइको थालनी गरेकी थिइन् । त्यसपछि अध्ययनका लागि उनी इंग्ल्याण्ड पुगिन् । उनले कलेज बेल एजुकेशनल ट्रष्टस ल्याङ्वेज स्कुलमा आफ्नो अध्ययनलाई जारी राखिन् । 

 

सासु इन्दिरा गान्धी र पति राजीव गान्धीको हत्यापछि उनी भारतीय राजनीतिमा होमिइन् । त्यसपछि उनले थप कठिन दिनहरुको सामना गर्नुपर्यो ।

 

उनी भारतकी सबैभन्दा शक्तिशाली महिला हुन् । उनलाई घुम्न, पढ्न, पकाउन, योगा गर्न, र मोर्डन आर्टमा रुची रहेको छ । 

 

सन् १९९७ मा उनले नेशनल काँग्रेसमा प्रमुख सदस्यका रुपमा काम गर्न थालिन् । सन् १९९८ मा उनी पार्टी लिडर भइन् । भारतीय काँग्रेस पार्टीले उनलाई अध्यक्ष बनायो । सन् १९९९ मा उनले लोक सभा निर्वाचनमा उम्मेदवारी दिइन् । उनले त्यस समय दुई ठाउँबाट उम्मेदवारी दिएकी थिइन् भने दुवै ठाउँमा जित हासिल पारेकी थिइन् । 

 

सन् २००४ मा भएको लोकसभा चुनावमा उनले रायबरेलीबाट जित हात पारेकी थिइन् । उनलाई त्यस समय प्रधानमन्त्री बन्न ठुलो आग्रह गरिएको थियो । तर, उनले आफुभन्दा पनि मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने निर्णय गरेकी थिइन् । सन् २००६ मा उनले रायबरेलीबाट पुन लोकसभा निर्वाचनमा जित हात पार्न सफल भइन् । सन् २०१४ मा पनि उनले रायबरेलीबाट चौथो पटक जित हात पारिन् । मिडिया रिपोर्टका अनुसार सोनिया गान्धीको २ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । 

उनको दिल्लीमा आलिशान घर रहेको छ । इटालीमा पनि उनको सुन्दर घर छ । त्यस्तै उनको अन्य धेरै ठाउँमा लगानी रहेको छ । उनी रेन्ज रोभर, अउडी, मरसिटिज(बुलेट प्रुफ) जस्ता कारहरुमा सवार गर्छिन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

  • 3 minutes ago
फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएक

राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

  • 16 minutes ago
राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

काठमाडौँ । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार

‘प्रधानमन्त्रीजस्तो अफर पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावको मान्छे नै होइन’

  • 20 minutes ago
‘प्रधानमन्त्रीजस्तो अफर पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावको मान्छे नै होइन’

काठमाडौँ । ‘म मेरै क्रेडिबिलिटी खत्तम पार्नेहरुसँग कसरी जान्छु ? हुँदैन, जान्नँ...’ स्वभावतः लाभका मामिलामा ‘चाहिएन’, ‘हुँदैन’, ‘पर्दैन’ नभन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज एकाएक किन त



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।