सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन पारित
- आइतबार, १७ भदौ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

कायरो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल¬–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् ।
नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ ।
संसदबाट गत जुलाईमा पारित भएको कानुनमा “सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्”लाई कामको जिम्मेवारी दिइएको छ ।
सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेभसाईटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ ।
“गलत समाचार प्रकाशन वा प्रशारण गरेमा वा कानुनको उल्लङ्घन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह गरेमा” व्यक्तिगत एकाउन्ट निलम्बन वा बन्द गर्ने अख्तियारी परिषदलाई दिइएको छ ।
सञ्चार सम्बन्धी विज्ञ तथा अधिकारकर्मीहरुले भने यस कानुनले राष्ट्रपतिको शासनका बारेमा अनलाइनमार्फत आलोचना गर्न पाउने हरेक व्यक्तिको वाकस्वतन्त्रतामा धावा बोल्ने वा व्यवधान उत्पन्न गर्ने टिप्पणी गरेका छन् ।
सीसीले जारी गरेको कानुनसँगै इन्टरनेटको प्रयोग र यसको व्यवस्थापनका बारेमा सार्वजनिक रुपमा थप बहस हुन थालेको छ । सिलसिलाबद्ध रुपमा यस्ता नियन्त्रणमुखी कानुनहरु आइरहेको विज्ञ तथा अधिकारकर्मीहरुको भनाइ छ ।
यही अगस्तमा राष्ट्रपति सीसीले यस्तै अर्को कानुन पनि जारी गर्नु भएको थियो । सो कानुनमा इजिप्टको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रलाई असर गरेमा अदालतले वेभसाइट बन्द गर्न आदेश दिन सक्ने व्यवस्था थियो ।
अधिकारप्राप्त व्यक्ति तथा प्रशासकहरुले वेभसाइट तथा सामाजिक सञ्जालहरुको गलत प्रयोग गर्नेलाई कारावास सजाय तथा दण्ड जरीवाना गर्न सक्ने जनाइएको छ ।
इजिप्टमा अहिले ५०० भन्दा बढी वेभसाइटहरु बन्द गरिएको छ भने नयाँ कानुन आएपछि अरु पनि धेरै अनलाइन, वेभसाइट तथा व्यक्तिगत ब्लगहरु बन्द हुने अशंका गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए
- 13 minutes ago

एजेन्सी । सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारवाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली
‘कागजको ऐना हेरे जस्तो महसुस भयो’
- 15 minutes ago

काठमाडौँ । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन् । उनीभन्दा उम
कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, हाल कस्तो छ उनको स्वास्थ्यावस्था ?
- 22 minutes ago

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।