सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै सरकार
- बुधबार, २८ माघ, २०७७
- 2 weeks ago
- प्रबिधि

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि निगरानी गर्नेगरी गृहकार्य थालेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने क्रम बढेको भन्दै निगरानीका लागि नीतिगत निर्णय लिनेगरी गृहकार्य गरिएको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा फेसबुक, युट्युब, अनलाइन पोर्टलजस्ता माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी गरिएको जानकारी दिए ।
नेपाली समाजलाई अराजकता, विकृति विसंगतितर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चारकर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराउँदै उनले त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको बताए ।
‘पछिल्ला दिनमा सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट छाडा, उत्तेजक, व्यक्ति केन्द्रित, मुलुकका सर्वोच्च अंग र व्यक्तिमाथि गलत अभिव्यक्ति दिने प्रवृत्ति बढेको पाइएकाले त्यसलाई नियमन गर्न निर्देशिका ल्याउन लागिएको हो,’ उनले भने ।
पत्रकार सम्मेलनमा मन्त्री गुरुङले निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्रबन्ध सरकारले मिलाइसकेकाले तोकिएकै मितिमा निर्वाचनमा हुने बताए । तोकिएकै मितिमा निर्वाचन गर्न सुरक्षा परिषद्को बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको जानकारी उनले दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ
- 17 minutes ago

एजेन्सी । कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति
- 18 minutes ago

एजेन्सी । आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् ।
नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक
- 19 minutes ago

काठमाडौँ । नेपाल भाषाका छ वटा म्युजिक भिडियो संग्रहित एल्बम ‘मैचाया सपलय्’ सार्वजनिक भएको छ । पाँच दशकसम्म नेपाल भाषाका गीत, संगीत, डबली नाटक, भजनमा सक्रिय रहेका संगीतकार भीमबहादुर नकःमिको शब्द तथा सं
पर्यटन
परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
कस्ती युवतीसँग विवाह गर्ने ?

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।