सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

  • सोमबार, १० कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दशैँ मनाउन आग्रहसमेत गरेका छन् । 

 

सुदूरपश्चिमबासीका नाममा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरेका छन् । 

 

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी, बन्धुत्व, सामाजिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छासमेत प्रकट गरेका छन् । बडादशैँले आपसी सद्भाव, भ्रातृत्व कायम गरी एक आपसमा खुसीयाली साटासाट गर्ने अवसरसमेत प्रदान गरोस् भन्दै उनले कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गरी दशैँ मनाउन आग्रह गरेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 1 hour ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 1 hour ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 1 hour ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।