स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

Norvic Hospital

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।

 

एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला बजारमा यी फोनको मागमा कमी आएको छ ।

 

स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ । तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले बिस्थापित गर्ने सम्भावना औंल्याएका छन् ।

 

फ्युचर टुडे इन्स्टिच्यूटका संस्थापक आमी वेबले प्रविधिको बदलिँदो झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको सुरुआत गर्ने उल्लेख गर्नुभएको छ । उहाँले अबको युगमा यी उपकरणहरु आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्नेछन् ।

 

“स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स ९लगाउनयोग्य वस्तु० र अदृश्य इन्टरफेसतर्फको रुपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुराहरुमा आमूल परिवर्तन ल्याउनेछ । जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरु रेकर्ड गर्ने र देखाउनेछ,” वेबले लेख्नेका छन् ।

 

बजारमा केही रोकावट आए पनि अरु कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन् ।

 

“स्मार्टफोनको प्रयोग रोकिन्न, तर यसको आकार र रुपमा परिवर्तन हुन सक्दछ,” एबीआई रिसर्चसँग आबद्ध विश्लेषक डेभिड म्याकक्वीनले बताउनुभयो । “स्मार्टफोनको बजार अझै केही वर्ष यथावत रहनेछ ।”

 

म्याकक्वीनले हालै प्रकाशित एक रिपोर्टमा कमभन्दा कम छोएर चलाउन मिल्ने स्मार्टफोनको माग बढ्दै गएको बताएका छन् । उनले यस्ता स्मार्टफोनमा कृत्रिम प्रज्ञा ९आर्टिफिसियल इन्टेलिजेन्स० तथा सङ्केतबाटै चल्ने सुविधाको खोजी भइरहेको छ । नयाँ स्मार्टफोनमा सुधारिएको बायोमेट्रिक राख्नेतर्फ ध्यान जान थालेको छ, जस्तै अनुहार चिन्ने । साथै मोबाइलका स्क्रिनलाई पट्याउन मिल्ने अर्थात् फोल्ड गर्न मिल्ने बनाउने प्रयत्न भएका छन् ।

 

एबीआईको अनुसन्धानमा भनिएको छ, गूगल र अमेजनले आगामी पाँच–छ वर्षको अवधिमा स्मार्टफोनमा नवीन प्रविधि भित्र्याउन तथा त्यससँग सम्बन्धित प्रविधिमा सुधार ल्याउनेतर्फ नेतृत्व गर्न सक्नेछन् । नवीन प्रविधिको प्रयोगका क्षेत्रमा यी कम्पनीको क्षमता निकै बढी छ ।

 

आइडीसी अनुसन्धान कम्पनीका अनुसार, विश्वमा सन् २०१८ मा स्मार्टफोनको बिक्रीमा ०।७ प्रतिशतले कमी आई करिब एक अर्ब ४५ लाख थान मोबाइल बिक्री भएको थियो । आइडीसीले मोबाइलको बजारमा सामान्य सुधार आउने र सन् २०२२ सम्ममा वार्षिक बिक्री करिब एक अर्ब ६४ करोड पुग्ने जनाएको छ ।

 

“हाम्रो विचारमा आगामी वर्षहरुमा स्मार्टफोनको बजारमा स्वस्थ वृद्धि हुनेछ, तर बजारको खोजी गर्न तथा प्रतिस्पर्धामा टिक्न निकै चुनौतीपूर्ण हुनेछ,” आइडीसीका विश्लेषक रायन रेथले बताए ।

 

संयुक्तराज्य अमेरिकामा ५० वर्षभन्दा कम उमेरका ९१ प्रतिशत वयस्कहरुले स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने १३ वर्षदेखि १९ वर्ष उमेरका बालबालिकामध्ये ९५ प्रतिशतसँग एउटा फोन छ, पिउ रिसर्च सेन्टरले जनाएको छ ।

 

युरोपमा सन् २०१७ को अन्त्यसम्ममा करिब ४६ करोड ५० लाखसँग मोबाइल फोन छ । यो कूल जनसंख्याको करिब ८५ प्रतिशत हो । यी मोबाइलमध्ये दुई तिहाई स्मार्टफोन नै रहेका छन् ।

 

टेकएनालिसिस रिसर्चका संस्थापक बब ओ–डोन्नेलले संयुक्तराज्य अमेरिका र कतिपय विकसित मुलुकमा स्मार्टफोनको बिक्री घटेको बताए । “मानिसहरुले क्यारिअरको निर्भरता छाडेर सोझै बजारबाट मोबाइल खरिद गर्न थालेकाले त्यस्ता मोबाइलको प्रयोग उनीहरुले लामो अवधिसम्म गर्न थालेका छन् ।”

 

ओ–डोन्नेलका अनुसार सन् २०१९ मा फाइभजी र फोल्ड गर्न मिल्ने स्क्रिनका कारण मोबाइल बिक्री बढ्न सक्ने बताए । “मानिसहरुले केही समयदेखि फोल्ड गर्न मिल्ने स्क्रिनका कुरा गरिरहेका थिए र अर्को वर्ष यस्ता फोन बजारमा आउने सम्भावना बढेको छ ।”

 

उनले स्मार्टफोनलाई अझ उन्नत प्रविधियुक्त र स्मार्ट बनाउने होडबाजी चलेकाले रुपान्तरित स्मार्टफोनले बजारमा प्रभाव कायमै राख्ने विश्वास व्यक्त गरे । रब लिभर

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 6 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 6 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 6 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।