मस्त निन्द्रबाट बूँझिएपछि गर्न नहुने काम !

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

यहाँ हामीले मस्त निन्द्रबाट बूँझदा गर्न नहुने कामको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

१. राति ब्युझिएपछि चुरोट पिउनु हुँदैन । चुरोट पिउनाले फेरि निन्द्रा पर्न गाह्रो हुन सक्छ । किनभने चुरोटमा हुने निकोटिनले निन्द्रामा प्रभाव पार्ने गर्छ । चुरोट पिउनु आफैंमा हानीकारक हो भने मध्ये रातमा चुरोट पिउनु झनै हानिकारक मानिन्छ ।

२. जाडोयाममा अधिकांस मानिसको रातको समयमा चिया कफी सेवन गर्ने बानी नै हुन्छ । यस्तो बानी बेलैमा सुधार्नु उचित हुन्छ । किनभने चिया कफीमा अधिक मात्रामा हुने क्याफिनले निन्द्रा भंग पारिदिन्छ ।

३. कसैकसैलाई आधा रातमा निन्द्राले छोडे या भोक लागे खानेकु्रा खाने बानी हुन्छ । यसरी रातको समयमा खानेकुरा खानाले मोटोपना बढाउँछ ।

४. राति निन्द्रा नपर्दा कतिपयले रक्सी तथा मादक पदार्थ सेवन् गर्ने गर्छन् । यसले केही समयमै निन्द्रा लगाए पनि भित्रभित्रै असर पुर्याईरहेको हुन्छ । रक्सी सेवन गरेर सुत्दा बिहान शरीर भारी र आलस्य हुन्छ ।

५. रातको समय ब्युँझिएपछि टिभी हेरेर बस्नु उचित हुँदैन । मानिसहरु टिभी हेर्दाहेर्दै निदाइन्छ भन्ने सोच्छन् तर यो गलत हो । टिभी हेर्नाले झनै निन्द्रा बिग्रिन्छ । पछि सपनामा पनि टिभीमा देखेका कुराहरु आउँदा थकित महशुश हुनुको साथै दिमागको थकान मेटिदैँन ।


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।