सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको सांसद यादवको आरोप

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । 

 

विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए । 

 

सांसद राजकिशोर यादवले सरकार मधेशसँग अनुदार भएको, सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको तथा आफ्नै दलका सांसदलाई पनि धेरै नबोल्नू भनी दिएको निर्देशन अधिनायकवादको चरित्र भएको बताए । 

 

सांसद विमलप्रसाद श्रीवास्तव, घनश्याम खतिवडा, विमला नेपाली, रेनुका गुरुङ र बिनादेवी बुढाथोकीले महिला हिंसाका घटना बढेको, सरकारसँग ग्रामीण विकासको ठोस नीति नभएको, वनविनाश नरोकिएको, नदीनाला प्रदूषित हँुदै गएको तथा चोरी शिकारी बढ्दै गएको बताए । 

 

सांसद लीलानाथ श्रेष्ठ र तिलबहादुर महतले कर्णाली प्रदेशलाई केन्द्रीय सरकारले उपेक्षा गरेको बताए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मर्स्याङ्दी नदीमा माछा मार्दै

  • 9 minutes ago
मर्स्याङ्दी नदीमा माछा मार्दै

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।

बिहीबार जम्मा ५ हजार ३० परीक्षण

  • 24 minutes ago
बिहीबार जम्मा ५ हजार ३० परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • 27 minutes ago
थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।