पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

चितवन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ ।

 

कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । “भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका आन्तरिक पर्यटक झरना हेर्न तथा नुहाउन आइरहेका छन्”, उनले भने, “यतिबेला दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक झरनामा आउँछन् ।” युवायुवती यहाँ आएर गर्मी छल्नेदेखि तस्वीर लिने, टिकटक बनाउने तथा भिडियो लिने गर्दछन् ।

 

कालिकाको शक्तिखोर–सिद्धि सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि सिन्ती झरना पुगिन्छ । सिन्ती झरनासम्म मोटर बाटो पुगेको छैन । यहाँको मोटर बाटोबाट ४० मिनेट उकालोे हिँडेपछि झरना पुगिने वडाध्यक्ष क्षेत्री बताउँछन् । कोरोना महामारीका कारण लामो दूरीका पर्यटकीय गन्तव्यमा जाने वातावरण नहुँदा युवापुस्ताको आकर्षण स्थानीय सिन्ती झरनामा बढिरहेको वडा सदस्य लालबहादुर गुरुङले बताए । “चार वर्षअघिसम्म यसको खासै चर्चा थिएन, जनप्रतिनिधि आएपछि झरनाको प्रचार हुन थालेको हो । त्यसपछि आन्तरिक पर्यटक आउन थालेका हुन्”, गुरुङले भने । 

 

महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्तीखोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको उनी बताउँछन् । झरनाको लम्बाइ करिब ५० मिटर रहेको बताइन्छ । सौराहाबाट पथप्रदर्शक र केही आन्तरिक पर्यटक लिएर झरना पुगेका पर्यटन व्यवसायी विजय लामाले झरना अत्यन्तै आकर्षक र सुन्दर रहेको बताए । उनले भने, “यसले आन्तरिक पर्यटक मात्र होइन, भोलिका दिनमा सौराहा आउने बाह्य पर्यटकलाई पनि लोभ्याउन सक्नेछ ।” 

 

उनले माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनी बताउँछन् । 

 

उनले भने, “सौराहाबाट पर्यटक लैजान सकिन्छ, तर त्यहाँ उद्यान, होटल, खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन जरुरी छ, बाह्य पर्यटकले सुरक्षित महसुस गर्नलाई त्यहाँको सुरक्षा व्यवस्था गर्न प्रहरी बिटको स्थापना गर्नुपर्छ ।”

 

नगरपालिकाका सूचना अधिकारी अच्युतराज रेग्मीले गुरुयोजना बनाएर झरनाको विकास र प्रचारप्रचार गर्ने तयारी भइरहेको बताए । उनका अनुसार झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थललगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको छ । 

 

झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार, व्यवस्थित शौचालय निर्माण गरी यसको प्रचारप्रसारसम्मको भूमिका बढाउने गरी योजना तयार पारिरहेको उनले बताए । उनले भने, “यसका लागि नगरपालिकाले कार्यविधि बनाउँदैछ ।” 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री

  • 15 minutes ago
पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने“ नेपाली विशेषताका

झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ

  • 22 minutes ago
झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा । झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको हो ।

तलब नपाएपछि...

  • 29 minutes ago
तलब नपाएपछि...

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ ।



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।