नगर व्यवस्थित गर्न खोज्दा कांग्रेस नेताको अवरोध !

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाले नगर व्यवस्थित गर्न ल्याएका विभिन्न अभियानमा कांग्रेस नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । 

 

पछिल्लो समय नगरपालिकाले सडक अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएका अस्थायी टहरा हटाउने अभियान चलाएको थियो । तर, नगरपालिकाकाले उक्त अभियानमा स्थानीय कांग्रेस नेताले असहयोग मात्रै होइन अवरोध खडा गरेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

 

बाह्रबिसे नगरपालिकाको नगर कार्यपालिकाको बैठकले बाह्रविसे बजारलाई व्यवस्थित गर्नका लागि केही समयअघि बजारको सडक छेउमा निर्माण गरिएका टहरा, मोटर ग्यारेज, गोदाम घर हटाउने निर्णय गरेको थियो । 

 

त्यसविरुद्ध कांग्रेस महासमिति सदस्य हरिशरण श्रेष्ठको नेतृत्वमा एक समूह खडा भएको थियो । उनीहरुले नगरपालिकाको अभियानविरुद्ध प्रदर्शन समेत गरेका थिए । यद्यपि, नगरपालिकाको अभियानमा स्थानीय साथ भएको मेयर शेर्पाले बताए ।

 

काठमाडौं बसेर सडक छेउमा बनाएका टहरो भाडामा दिनेहरु नै नगरपालिका व्यवस्थित गर्ने अभियानका विरुद्धमा लागेको उनको भनाई छ । 

 

बाह्रविसे नगरपालिका–४ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ पनि नगरपालिकाको अभियानविरुद्ध लागेका छन् । निर्णय गर्दा सहति जनाएको श्रेष्ठलाई स्थानीय कांग्रेस नेताहरुले उचालेको आरोप लागेको छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 5 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 5 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।