सिन्धुलीगढीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने छः मन्त्री भट्टराई

काठमाडौँ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनका अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सांसद हरिबोल गजुरेल, सांसद गणेश पहाडी, इतिहासकार प्राध्यापक दीनेशराज पन्तले सो पुस्तकको आयोजित कार्यक्रममा सार्वजनिक गरे ।

 

पुस्तक विमोचन गर्दै मन्त्री भट्टराईले सिन्धुलीगढीमा वीर गोर्खालीले अँग्रेजी सेनालाई परास्त गरेर नेपालीको स्वतन्त्रता जोगाउन भूमिका निर्वाह गरेकाले सिन्धुलीगढीको विकास गर्न सरकारले काम गर्ने बताए । उनले अँग्रेजसँग युद्ध भएको सिन्धुलीगढीलाई अहिलेको समयमा नेपाल बेलायत मैत्री स्थलका रुपमा विकास गर्न सकिने पनि बताए । उनले सिन्धुलीहुँदै निर्माण भएको तीन वटा राष्ट्रिय राजमार्गका कारण पनि सिन्धुलीको पर्यटन सम्भावना रहेको जनाए ।

 

सांसद गजुरेलले सिन्धुलीगढीको ऐतिहासिक दरवार पुनर्निर्माण गर्न सरकारले पहल गर्नुपर्ने बताए । कार्यक्रममा इतिहासकार प्रा. पन्तले सिन्धुलीगढीले नेपालको एकिकरणमा समेत भूमिका निर्वाह गरेको उल्लेख गर्दै उक्त स्थलमा जथाभावी संरचना निर्माण गरेर इतिहास मेटाउन नहुनेमा जोड दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

  • 2 minutes ago
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए

कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

  • 11 minutes ago
कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

कास्की । कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा का

यस्तो बन्यो वरुण-साराको 'कुली नं १' को ट्रेलर

  • 42 minutes ago
यस्तो बन्यो वरुण-साराको 'कुली नं १' को ट्रेलर

एजेन्सी । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान स्टारर फिल्म 'कुली नं '१ को ट्रेलर सार्वजनिक भएको छ ।



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

विचित्र विश्व

यी चार काम गरेपछि नुहाउनैपर्छः चाणक्य नीति

यी चार काम गरेपछि नुहाउनैपर्छः चाणक्य नीति

एजेन्सी । तपाई हामी धेरै जना हिन्दु धर्मलाईअवलम्बन गर्ने गर्छौं । धर्मशास्त्रमा उल्लेख भएका नीतिहरुलाई पनि हामी अवलम्बन गर्दै आइरहेका छौं । शास्त्रहरुका अनुसार केही काम गरिसकेपछि नुहाउनु अनिवार्य छ । यहाँ हामीले चाणक्य नीतिमा उल्लेख भए अनुसार ४ काम गरिसकेपछि नुहाउन अनिवार्य भएको कुरा उल्लेख गरेका छौं ।