ठडिँदै माछापुच्छ्रेको ‘सिँहदरबार’

Norvic Hospital
  • बिहीबार, २८ असोज, २०७८
  • 1 week ago
  • नेपाल

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ ।पाँच  स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनीक भवन बनाउन सकेका छैनन् ।

 

माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन (साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ ।हाल गाउँपालिकाको प्रशासनीक कार्य साविक गाविस कार्यालय भवनको मर्मत सम्भार गरेर सञ्चालन हुँदै आएको छ । प्रसासनिक भवनको स्ट्रक्चरको काम सकिएर अहिले रङ्गरोगन र वायरिङ सुरु गरिएको गाउँपालिकाका सवइन्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ । 

 

आगामी मङ्सिर महिनाभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ । उनले भने,“प्रसासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको कम्पाउण्डको केही भाग, पार्किङ र रङ्गरोगन बाहेक अन्य काम सकिएको छ । ” फनिसिङ भइरहेको छ । संरचनाहरु बनेर फिनिसिडको प्लास्टर सकिएको । विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इन्जिीनियरिङ जेभीसँग ठेक्का सम्झौता भएकामा निर्माण कम्पनीले तोकिएको मितिभन्दा तीन महिना अगावै सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । विद्युतीय भ¥याङ (लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल हुनेछ । 

 

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले आफूहरुको कार्यकालभित्रमा अत्याधुनिक भवनबाट सेवा प्रवाह हुने बताउनुभयो । अन्य स्थानीय तहले भन्दा आफूहरुले प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेकाले त्यो सम्भव भएको उनले बताए । उनले भने,“हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन गरेर राम्रोसँग कुर्सी टेवल समेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमानै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौँ ।” गाउँपालिकाले चालू वर्षमा प्रशासनिक भवनमा फर्निचर लगायत कार्यालयको व्यवस्थापनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष दवाडीले जानकारी दिए । नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिक सहित कृषि, स्वास्थ्य, शिक्षा,सामाजिक विकास लगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ । 

 

भवन भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोषबाट रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख लगानी गरेकामा बाँकी रकम गाउँपालिकाले लगानी गरेको छ । निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि डम्बरराज ढकालले ढिलोमा मङ्सिर महिनाभित्रमा सबै काम सकेर गाउँपालिकालाई भवन हस्तान्तरण गरिने जानकारी दिए ।  लिफ्टका सामग्री भन्सार आइपुगेकाले दसैँ लगत्तै निर्माणस्थलमा ल्याइने जानकारी दिँदै उनले ‘फिनिसिङ’को कार्य जतिसक्दो चाँडो सम्पन्न गरिने बताए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई केजीएचका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट

  • 4 minutes ago
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई केजीएचका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाडौँ गेस्ट हाउसबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा आफ्ना ग्राहकहरुलाई कला संग्रहालयको प्रवेश शुल

प्रहरी हत्या घटनाः नौ जनालाई जन्म कैदको फैसला

  • 15 minutes ago
प्रहरी हत्या घटनाः नौ जनालाई जन्म कैदको फैसला

धनगढी । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

कोरोना मुक्त भयो ताप्लेजुङ

  • 22 minutes ago
कोरोना मुक्त भयो ताप्लेजुङ

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।