‘सिधा कुरा जनतासँग’मा लफडा !

काठमाडौँ । नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक रुचाइएको मध्येको एक कार्यक्रम ‘सिधा कुरा जनतासँग’को स्वामित्व विवाद सुरु भएको छ । कार्यक्रमका प्रस्तोता रवी लामिछानेले न्यूज २४ टेलिभिजन छोडिसकेपछि कार्यक्रमको स्वामित्व विवाद सुरु भएको हो ।

 

प्रस्तोता लामिछानेले केही समयपछि परिस्कृत सोच र स्वरुपमा पुनः कार्यक्रम लिएर आउने उद्घोष गरेका छन् । उनले सामाजिक सञ्जालमा दुःख पर्दा फोन गर्न सकिने र फेरि कार्यक्रम लिएर फर्किने भन्दै फोन नम्बरसहित पोस्टहरू पनि गरेका छन् ।

 

तर, न्युज २४’ले भने बैकल्पिक प्रस्तोता राखेर पहिलाकै तालिकाअनुसार नियमित रुपमा कार्यक्रम प्रस्तुत हुने बताएको छ । उनले टेलिभिजन छोडे पनि कार्यक्रम भने निरन्तर रुपमा चलिरहने बताएको छ ।

 

 

लामिछाने उक्त कार्यक्रमको स्वामित्व आफ्नो नाममा दर्ता गरेका छन् । टेलिभिजनले भने लामिछाने प्रस्तोतामात्रै भएको र स्वीमित्व आफूहरुको रहेको दावी गरेपछि दुवै पक्षबीच विवाद देखिएको हो । लामिछानेले सो कार्यक्रम आफ्नो बौद्धिक सम्पत्तिका रुपमा दावी गरेपनि टेलिभिजनले भने लामिछाने कार्यक्रमको प्रस्तोता मात्रै भएको बताएको छ । न्युज २४ले झुक्याएर लामिछानेले कार्यक्रमको पेटेन्ट (कपि) राइट दर्ता गराएको भए त्यो छलकपट र बदमासी हुने टेलिभिजनले बताएको छ । त्यसो भएमा आफूहरु कानूनी रुपमा नै कार्यक्रमको लागि लड्ने टेलिभिजनका पदाधिकारीहरुले बताएका छन् ।

 

बिहीबार प्रशारित कार्यक्रमको अन्तिम एपिसोडको मुख्य रिपोर्ट नै काटिएको लामिछानेको भनाई छ । तर, उनको टिमले तयार पारेको तर, प्रशारण नभएको रिपोर्ट पनि सार्वजनिक गरेका थिए ।

 

 

लामिछानेले करिब ५ वर्षसम्म ६४० भन्दा बढी एपिशोड कार्यक्रम सो टेलिभिजनबाट संचालन गरेका थिए । 

 

त्यसोत लामिछानेले नयाँ टेलिभिजनको सुरुवात गर्न लागेको बताइएको छ । उनले नयाँ टेलिभिजनमार्फत सो कार्यक्रमलाई परिस्कृत रुपमा प्रशारण गर्न लागेपछि स्वामित्व विवाद सुरु भएको हो । उनको नयाँ टेलिभिजन वैशाखबाट सुरु हुने बजार हल्ला छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 11 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 14 minutes ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

  • 29 minutes ago
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।