बेलौरीको शोभाताल

  • बिहीबार, ६ कार्तिक, २०७७
  • 1 month ago
  • पर्यटन

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

 

नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको कार्य पूरा भएको छ । “सङ्घीय सरकारको सहयोगमा डिपिआर तयार गरेका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भने, “पर्यटकीय क्षेत्रको सौन्दर्यकरणसँगै भौतिक पूर्वाधार विकासका लागि कार्य अगाडि बढाइएको छ ।” पुरिँदै गएको ताल क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने, ताल क्षेत्रमा रहेका पोखरीको सुदृढीकरण गर्ने, ताल क्षेत्र नजिकै बसोबास गर्ने मुक्तकमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि माछापालनको कार्यलाई समेत अगाडि बढाइने उनले बताए ।

 

ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका  लागि ठेक्का प्रक्रियामार्फत योजना अगाडि बढाइएको छ । “ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु ५० लाख र सङ्घीय सरकारको रु एक करोड बढी बजेट परिचालन गरिने छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले भने, “नगरकै गौरवको योजनाअन्तर्गत शोभाताल क्षेत्रलाई विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउँछौँ ।”

 

उनका अनुसार पर्यटकका लागि ताल क्षेत्रसँगै नजिकको वन क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि भ्यूटावर निर्माण गर्ने, तालमा पर्यटकलाई लक्षित गरी नौका विहारसँगै मोटरबोट सञ्चालन गर्ने योजना छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि पहिलो चरणमा पाँचवटा होमस्टे (घरवास) सञ्चालन गर्ने योजनासमेत नगरपालिकाको छ । स्थानीय थारू समुदायको संस्कृतिसँगै मौलिक परिकार घरवासमा बस्न आउने पर्यटकलाई उपलब्ध गराइने छ ।

 

“घरवास सञ्चालन भएपछि ताल क्षेत्र नजिकै बस्ने मुक्तकमैया परिवारको जीविकोपार्जनमा समेत सघाउ पुग्ने विश्वास लिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “जसबाट नगरपालिकाको आयमा समेत वृद्धि हुनेछ ।” ताल क्षेत्रमा एकनासको पानीको व्यवस्था गर्न बोरिङ जडान गर्ने र पर्यटकलाई पौडीको मज्जा लिनका लागि स्वीमिङ पोखरीसमेत निर्माण गरिने छ ।

 

प्राकृतिक ताललाई विभाजित गरी विगतमा माछापालनका लागि प्रयोग हुँदै आएको थियो । ताललाई खण्डखण्डमा विभाजित गर्दा संरक्षणको अभावमा अधिकांश हिस्सामा माटोलगायतको पदार्थ भरिएर ताल पानीविहीन अवस्थमा रहेको छ । तालको केही ठाउँमा स्थानीय बासिन्दाले कब्जा गरी खेतीसमेत गर्दै आएका छन् । ताल क्षेत्रलाई अतिक्रमणमुक्त गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि स्थानीय बासिन्दाले समेत नगरपालिकासँग ऐक्यबद्धता गरेका छन् । ताल नजिकैको वन क्षेत्रमा मयुर, चित्तललगायतका जनावरको अवलोकनसमेत गर्न सकिन्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 7 minutes ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 14 minutes ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 17 minutes ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।